काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुन: अवरुद्ध भएको छ। २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर खेलेर ३७ रन जोड्दा ६ विकेट गुमाएको अवस्था छ।
कुवेत र विरुद्ध कसिलो र घातक बलिङ गरिरहेको नेपालले पावर प्ले नसकिँदै ६ विकेट गिराएको हो। पेस बलर करण केसीले मात्र ५ विकेट गिराएका हुन्। नेपाली टोलीका सोमपाल कामीले एक विकेट लिएपछि कुवेतले जम्मा ६ विकेट गुमाएको हो।
नेपालविरुद्ध कुवतेका ओपनर सस्तैमा समेटिए। अडनस इडरेस शून्य रनमै करणको बलमा आउट भए पनि अर्को ओपनर रविजा सन्दरुवान ९ विकेट बनाएर पेवेलियन फर्किए। सोमपालले भने तेस्रो नम्बरमा मैदान छिरेका परविन्दरलाई एलबीडब्यूआ गराएका थिए।
करणले आफ्नो तेस्रो पासोमा चाहीँ चौथो नम्बरमा मैदान पसेका मिट भाषरलाई पारे। करणले भाषरलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट गराएका हुन्।


