काठमाडौँ- टी–२० विश्वकपमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ।
२२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाउन सक्यो।
सुपरओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो।
डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जोडे।
यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरीमा टुंगिएको थियो।
त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो।
आज बिहान ब्रिजटाउनमा ओमानले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएपछि खेल ‘टाई’ भएको थियो।
विश्वकपमा सोमबार बेलुका सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल हुनेछ। नेपालले भोलि मङ्गलवार नेदरल्यान्डससँग पहिलो खेल खेल्नेछ।


