काठमाडौँ- मधेस प्रदेशमा शुक्रबार नयाँ मुख्यमन्त्री चयन भएकै दिन १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्रीले सतीशकुमार सिंहले शपथ लिएकै दिन १४ सदस्यीय गठन गरेका हुन्।
मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य विभाजनसहित मन्त्रिपरिषद् गठन गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सिंह नेतृत्वको मन्त्रिपरिषदमा सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्।
यस्तै भरत प्रसाद साह अर्थमन्त्री, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या, बेची लुंगेली ऊर्जा, सिँचाइ तथा खानेपानी, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन्।
यसैगरी विमला अन्सारी गृह, सञ्चार तथा कानुन, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बन्दा केशव राय, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रञ्जुकुमारी मण्डल बिना विभागीय राज्यमन्त्री तोकिएका छन्।



