काठमाडौँ- मानवअधिकारकर्मी रूबि खानलगायतका अभियन्ताले राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
निर्दोषलाई जेल कोच्ने र अपराधीलाई खुलेआम छोड्ने राज्यको चरित्रविरूद्ध ‘जेल भरौँ’ अभियानसहित उनीहरूले विरोध गरेका हुन्।
सो विरोध प्रर्दशनीमा उनीहरूलाई प्रहरीले धड्पकडसमेत गरेको थियो।














