२०८३ कार्तिक १२ गते बुधबार

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको संकेत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १७
raswapa
फाइल तस्बिर

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा दिँदै आएको समर्थन फिर्ता लिने संकेत गरेको छ। रास्वपाले सोमबार एकै दिन केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आह्वान गरेर प्रचण्ड सरकारबारेको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो।

यद्यपि माओवादी मन्त्रीहरु र प्रधानमन्त्री प्रचण्डले रविले जुन–जुन मन्त्रालय माग्छन्, त्यसलाई सहजै स्वीकार्ने बताइसकेका छन्। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीको कुर्सी अल्पमतमा पर्ने छैन।

रास्वपाले प्रचण्ड नेतृत्वको सरकारले पछिल्लोपल्ट ल्याएको न्यूनतम साझा कार्यक्रममा असहमति जनाएको छ। ‘एमाले नेतृत्वको गठबन्धन हुँदा रास्वपाको माग सम्बोधन गरिएको थियो। अहिले त्यसमा फेरबदल गरिएपछि प्रचण्ड सरकारमा हाम्रो नीतिगत अपनत्व छैन,’ रास्वपाका नेता अर्यालले भने, ‘सोही कारण सरकारमा जाने सम्भावनै छैन।’

चितवन २ को उपनिर्वाचन प्रचारका बेलासमेत पार्टी सभापति लामिछानेले सरकारलाई समर्थन दिनुपर्ने कारण नरहेको विभिन्न आमसभामा भन्दै आएका थिए। रास्वपा २२ माघमा प्रचण्ड सरकारबाट फिर्ता भएको थियो।

संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएपछि खाली ठाउँ भर्न संसदीय दलको बैठक तय गरिएको र पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समिति बैठक बोलाइएको रास्वपाले जनाएको छ। शनिबार केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले जुम मिटिङ गरेर जानकारी दिएको थियो।

उपसभापति अर्यालले राजीनामा दिएपछि सोमबार बस्ने बैठकले सभापतिलाई संसदीय दलको नेता चुन्नेछ। सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ।

प्रकाशित: २०८० बैशाख १७ गते आईतबार ०८:५६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना