२०८३ साउन १३ गते बुधबार

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको संकेत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १७
raswapa
फाइल तस्बिर

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा दिँदै आएको समर्थन फिर्ता लिने संकेत गरेको छ। रास्वपाले सोमबार एकै दिन केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आह्वान गरेर प्रचण्ड सरकारबारेको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो।

यद्यपि माओवादी मन्त्रीहरु र प्रधानमन्त्री प्रचण्डले रविले जुन–जुन मन्त्रालय माग्छन्, त्यसलाई सहजै स्वीकार्ने बताइसकेका छन्। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीको कुर्सी अल्पमतमा पर्ने छैन।

रास्वपाले प्रचण्ड नेतृत्वको सरकारले पछिल्लोपल्ट ल्याएको न्यूनतम साझा कार्यक्रममा असहमति जनाएको छ। ‘एमाले नेतृत्वको गठबन्धन हुँदा रास्वपाको माग सम्बोधन गरिएको थियो। अहिले त्यसमा फेरबदल गरिएपछि प्रचण्ड सरकारमा हाम्रो नीतिगत अपनत्व छैन,’ रास्वपाका नेता अर्यालले भने, ‘सोही कारण सरकारमा जाने सम्भावनै छैन।’

चितवन २ को उपनिर्वाचन प्रचारका बेलासमेत पार्टी सभापति लामिछानेले सरकारलाई समर्थन दिनुपर्ने कारण नरहेको विभिन्न आमसभामा भन्दै आएका थिए। रास्वपा २२ माघमा प्रचण्ड सरकारबाट फिर्ता भएको थियो।

संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएपछि खाली ठाउँ भर्न संसदीय दलको बैठक तय गरिएको र पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समिति बैठक बोलाइएको रास्वपाले जनाएको छ। शनिबार केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले जुम मिटिङ गरेर जानकारी दिएको थियो।

उपसभापति अर्यालले राजीनामा दिएपछि सोमबार बस्ने बैठकले सभापतिलाई संसदीय दलको नेता चुन्नेछ। सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ।

प्रकाशित: २०८० बैशाख १७ गते आईतबार ०८:५६
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना