विराटनगर- मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगो लगाएका छन्।
रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा विद्यार्थीले सरकारी गाडीमा आगो लगाएका हुन्।
आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि प्रदेश योजना आयोगको गाडीमा आगो लगाएका हुन्।
को १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गरेपछि विद्यार्थीले आगो लगाएको प्रहरीले जानकारी दिएको छ।
विद्यार्थीको जत्थाले ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन्।
केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेको थियो।
निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै उनीहरू नगरपालिका कार्यालय पुगेका बेला नगर प्रहरीमाथि आक्रमण गरेका थिए।
त्यसपछि प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो। त्यसकै विरोधमा विद्यार्थीहरू तोडफोड र आजगनीमा उत्रिएका हुन्।


