२०८३ साउन १३ गते बुधबार

रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले मगायो सहकारी ठगीको फाइल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २८
rabi sir
फाइल तस्बिर।

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगीका सम्बन्धमा फाइल झिकाउने आदेश जारी गरेको हो।

लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरी भएपनि ती पनि मगाउन सर्वोच्चले आदेश जारी गरेको हो।

सहकारी ठगी प्रकरणका सन्दर्भमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपीसमेत झिकाउन सर्वोच्चले आदेश जारी गरेको हो।

रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

यस्तै लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वोच्चको आदेश छ।

यसैगरी, उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा निर्दोष रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री लामिछानेले संसद्‌मा दिएको अभिव्यक्तिको भिडियोसमेत पेस गर्नुपर्ने आदेश आएको रिट निवेदक अधिवक्ता भट्टराईले बताए।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमाथि सुनुवाइ चलिरहेको समयमा सहकारी ठगीका पीडित पनि सर्वोच्च अदालतमा पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकामध्ये केही पीडितहरू सर्वोच्च अदालत पुगेका हुन्। आफूहरुलाई पनि कुरा राख्ने समय दिन माग गर्दै पीडितहरू सर्वोच्च पुगेका थिए।

आफूहरूले दैनिक मजदुरी गरेर जम्मा गरेको रकम सहकारीमा राखेको तर त्यही सहकारीका अध्यक्षलाई प्रभावमा पारेर आफूहरूको रकम रवि लामिछानेले लिएको पीडितहरूको आरोप छ। गैरकानुनी रूपमा लामिछानेले पैसा लिइदिँदा आफूहरूको रकम डुब्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।

लामिछानेले सहकारीबाट रकम लिएर ग्यालेक्सी टेलिभिजनको सेयर किन्ने काममा प्रयोग गरेको पोखरा महानगरले गरेको अध्ययनले देखाएको छ।

एकातिर सदस्य नै नभएको सहकारीबाट रकम लिनु गैरकानुनी हुने भएपनि रविले भने आफूलाई कानुनी प्रक्रिया थाहा नभएको जिकिर गर्दै आएका छन् भने अर्कातिर आफूले कुनै पनि सहकारीबाट एक पैसा पनि नलिएको दाबी पनि गर्दैका आएका छन्।

आफूहरूले कास्की प्रहरीमा लामिछानेविरुद्ध जाहेरी दिएको तर त्यसलाई लुकाएर प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रहरीमा कुनै जाहेरी नपरेको भन्दै राज्य व्यवस्था समितिमा झुटो बयान दिएका थिए। लामिछानेमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान पनि गरेको पछि खुलासा भएको थियो।

यस्तै महान्यायाधिवक्ताको कार्यालयले पनि आफूहरूको कार्यालयमा रविविरुद्ध कुनै पनि मुद्दा आइनपुगेको भन्दै क्लिनचिट पत्र बनाइदिएका थिए। सोही पत्र लामिछानेले राज्य व्यवस्था समितिमा पेस गरेका थिए। त्यसरी पत्र पठाउनु गैरकानुनी भएको भन्दै अधिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गराएका थिए। सोही रिटमाथि सुनुवाइ जारी छ।

सर्वोच्च अदालतको एकल इजलासले लामिछानेलाई निलम्बन माग गरिएको रिटमा गत जेठ २० गते जाहेरी पेस गर्न भनेको थियो।

रिटमा गृहमन्त्री रहेका लामिछाने अनुसन्धान गर्ने निकायको नेतृत्व गरिरहेको र उनी नेतृत्वमा रहँदासम्म सहकारी ठगीमा अनुसन्धान हुन नसक्ने भएकाले निलम्बन हुनुपर्ने माग गरिएको छ।

गृहमन्त्रीविरुद्ध कास्की प्रहरीमा उजुरी विचाराधीन रहेको र अन्य जिल्लामा पेस भएको अभियोगपत्रमा समेत उनको नाम रहेको जिकिर रिटमा गरिएको छ।

यो रिटमा अर्को सुनुवाइ असार ४ गतेका लागि तोकिएको छ।

प्रकाशित: २०८१ जेठ २८ गते सोमबार ०५:१७
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना