२०८३ कार्तिक ११ गते मङ्गलबार

भिनसेन्जोको मन्त्र : म ‘मोटिभेटर’ हुँ, खेलाडी ‘अट्याकिङ माइन्डसेट’को हुनुपर्छ

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत १
vinsenjo
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो।

खेल जीवन त्यागेपछि २७ वर्षको उमेरमा इटालीका भिनसेन्जो अल्बर्टो एनेस प्रशिक्षक बने। पहिले उनी बालबालिकाहरुलाई शारीरिक शिक्षा पढाउने शिक्षक थिए। त्यहाँबाटै उनको प्रशिक्षण करियरको जग बसेको हो।

पछिल्लो समय उनले ९ देशमा प्रशिक्षण गराइसकेका छन्। अफ्रिका र एसियाका शीर्ष श्रेणीको फुटबल क्लबमा प्रशिक्षक बनिसकेका छन्। अफ्रिका, इन्डोनेसिया, घाना र युरोपमा काम गरेको अुनभव बटुलेका भिनसेन्जोलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले केही दिनअघि नेपाली सिनियर टिमको मुख्य प्रशिक्षक बनाएको छ।

पुरुष सिनियर राष्ट्रिय फुटबल टिम सम्हाल्ने मौका पाएको उनका लागि यो पहिलो पटक हो। यो जिम्मेवारीमा आफूलाई पाउँदा गर्वको महसुस उनलाई भएको छ। नेपाली टिमको राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी चुनौतीपूर्ण रहेको उनको भनाइ छ। पत्रकारहरूसँगको साक्षात्कारमा उनले केही विषय प्रष्ट पारेका छन्।

नेपाल आउनुको कारण के थियो ? के सोचेर मुख्य प्रशिक्षकमा ‘अप्लाई’ गर्नुभयो?
म यो अवसरको पर्खाइमा थिएँ। मैले पछिल्लो दुई-तीन वर्षमा नेपाललाई नजिकबाटै नियालिरहेको छु। यहाँ आउने मेरो ठूलो सपना थियो। नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदा मेरो करियर पनि राम्रो हुन्छ भन्ने सोचेको छु। तर म यो कुरामा मात्र सीमित रहन्नँ। करियरकै ‘बेस्ट’ अवसर र ठूलो जिम्मेवारी भएको कारण म आफ्नो लागि र मेरो टिमका लागि धेरै गर्न चाहन्छु।

दुई-तीन वर्षमा नेपालको फुटबलबारे के कति थाहा पाउनुभयो त?
मैले आईलिग खेल्ने केही खेलाडी र इन्डोनेसियामा खेल्ने खलाडी चिनेको छु। म इन्डोनेसियाको सुपर लिगमा पनि प्रशिक्षक थिएँ। मलाई लाग्छ- जारी ए डिभिजन लिगमा पनि धेरै राम्रा र राम्रो सम्भावना भएका खेलाडी छन्।

ए डिभिजनका दुई दर्जन खेलाडी विदेसिएका छन्। के अब तिनीहरूको अभाव नयाँ खेलाडीले पूर्ति गर्लान्? कि अझै राम्रो टिम बन्छ?
खेलाडीको गुणस्तरका विषयमा अहिले धेरै चुनौती छैन भन्ने मलाई लाग्छ। कला र कौशलले पोख्त खेलाडी छन्।  ठूलो चुनौती भनेको खेलाडीमा अनुभव खोज्नु हुनेछ। धेरै खलाडी विदेश गएका कारण हामीले नयाँ खेलाडी पहिचान गर्नुपर्छ भन्ने लागेको छ। नयाँ अनुहार आउने सम्भावना पनि छ।

अब खेलाडीको गुणस्तरमा कसरी विकास हुन्छ भनेर हेर्न बाँकी मात्र छ। खेलाडीको ‘स्पिरिट’ हामीले हेर्ने हो, जुन बजारबाट किनेर ल्याउने चिज होइन।

अनि अनुभवको लागि खेलाडीले खेल्नैपर्छ। खेलेपछि न अनुभव बटुल्ने हो। यसको लागि हामी ठूलो जोखिम लिँदैछौँ। र, नेपालको फुटबल विकासका लागि यो जोखिम उठाउन आवश्यक पनि छ।

अब नेपाली फुटवलमा खेलाडीले पुरानै खेल सिद्धान्तलाई निरन्तरता दिने हो कि तपाईंका आफ्नै सिद्धान्त प्रयोग हुनेछन्? नेपाली फुटबलले अपनाइरहेको अहिलेको खेल रणनीतिमा कस्तो छ?
मैले कही दिनअघि बाट मात्र काम सुरू गरेको हो। अब हामीसँग एउटा प्रतियोगिता आउँदै छ। केही परिवर्तन त हुनै बाँकी छ। हाम्रो टिममा नयाँ खेलाडी हुनेछन्। त्यो हाम्रा लागि खतरा पनि हुनेछ। नयाँ खेलाडी हुँदा आपसमा धेरैलाई थाहा हुँदैन। मैले कहिले पनि मेरो टिममा आफैंबारे कुरा गरेको छैन।

मलाई टिमको बारेमा बयान गर्न धेरै मन पर्छ। त्यसैले हामीले शान्त भएर ठिक खेलाडी छनोट गर्नुपर्छ। सँगै हामीले पुराना खेलाडीलाई साथमा लिनुपर्छ। चरणबद्ध रूपमा केही कुराहरु परिवर्तन गर्नुपर्ने हुन्छ। तर, परिवर्तनको समयमा हामी संयमित हुनुपर्छ। ठूलो परिवर्तनले समस्या ल्याउँछ।

सन् २०१८ मा रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडी बनेका थिए। किरण चेम्जोङ पनि आई लिगमा खेलिरहेको छन्। अरु खेलाडीबारे पनि थाहा छ?
किरणलाई मैले एसियन गेम्समा पनि देखेको हो। धेरै जान्नको लागि त समय लाग्छ नै। तर मैले खेलाडी छनोट गर्नुपूर्व उनीहरूको तीन खेल हेर्नेछु, अनि मात्र छनोट गर्नेछु। उनीहरू बाँकी दुई खेलका लागि पनि तयार छन्।

आउँदो त्रिदेशीय कपका लागी हामीले तयारी गरिरहेका छौं। म युवा खेलाडीलाई टिममा बोलाउने कुराले उत्साही छु। किनभने भने म ऊर्जावान् खेलाडीमा विश्वास गर्छु। युवा खेलाडीले धेरै चाँडो सिक्न सक्छन्।

टिमसँग एक वर्षको सम्झौता गर्नु भएको छ? यो एक वर्षमा के गर्ने लक्ष्य छ?
मेरो लक्ष्य भनेको धेरै गोल गर्ने र जित निकाल्ने नै हो। यो कुराले मात्र मलाई उत्साह थप्छ। मैले मात्र केही पाउने भन्दा पनि मेरो ध्यान मेरो टिमले धेरै खेल जितोस् भन्नेमा हुन्छ। तपाईंहरुले भनेजस्तो खेलाडी विदेसिएका कारण धेरै खेलाडी परिवर्तन हुन्छन् भन्ने लाग्छ। हेरौं के हुन्छ।

दक्षिण एसियामा धेरै देशको लिग हेरिसक्नु भएको छ। नेपालको निकट प्रतिद्वन्द्वी र नेपाली लिगको संरचनामा के फरक पाउनु भएको छ?
फरक भनेको शारीरिक अवस्थामा नै हो। तर, हामीले देशको लिगको क्यालेन्डर चाहिँ सुरुमै तयार गरेर राख्नुपर्छ। यहाँ हरेक दुई दिनमा खेल भइरहेका छन्। सायद हाम्रा खेलाडीसँग अर्को खेलको लागि तयार हुने समय पनि हुने छैन। मलाई यो थाहा छ, धेरै खेलमा खेलाडी घाइते हुन्छन्।

हामीले कम्तीमा तीन दिनमा मात्र खेल्नुपर्छ। नेपाली लिगले फिजिकल कन्डिसनमा सुधार गर्नुपर्ने हुन्छ। ट्याक्टिकल्ली नेपालका धेरैजसो टिमले ४–४–२, ४–३–३ र ४–३–२–१ जस्तो फर्मेसनमा खेलिरहेको देखिन्छ। हामीलेसँगै मिलेर धेरै कुरा सुधार गर्न सक्छौँ।

म नेपाली प्रशिक्षकसँग बसेर पनि कुरा गर्न सक्नेछु। किनभने उनीहरू ‘पुराना र व्यावसायिक’ प्रशिक्षक छन्। हामीबीच कुरा भयो भने अनुभव साटासाट हुन्छ। त्यसले लिगको प्रतिस्पर्धा पनि राम्रो बनाउन सक्छ। त्यसपछि राष्ट्रिय टिम पनि राम्रो हुनेछ। ए डिभिजनमा नेपालले पनि चाँडै प्रगति गर्नेछ।

तपाईंले अब आफ्नै ‘सपोर्टिङ स्टाफ’ राख्ने कि यहाँकै स्टाफ राख्ने?
त्रिदेशीय खेलमा भने यहाँका  स्टाफ नै मसँग हुनेछन्। तर त्यसपछि के हुन्छ भन्न सकिँदैन। म भर्खरै आएको हो। विस्तारै यहाँका मानिस र स्टाफबारे बुझ्दैछु, हेर्दै जानेछु। म अरूको सुझावमा पनि विश्वास गर्छु। मैले त्यसरी नै अहिलेसम्म प्रशिक्षण गर्दै आइरहेको छु। कहिलेकाहीँ मैले राम्रो सल्लाह पनि पाउँछु। मैले घाना, प्यालेस्टाइन, इन्डोनेसिया र भारतमा पनि धेरै सुझाव सुनेर जित निकालेको हो।

खेलाडी छनोटमा कस्ता चुनौती छन्? कस्ता खेलाडी छनोट गर्ने योजना छ?
म बलियो व्यक्तित्व भएको प्रशिक्षक हो। म कडा स्वभावको पनि छु। यद्यपि खेलाडी छनोटमा चुनौती देखिन्छन्। मेरो खेलाडी अट्याकिङ माइन्डसेटको हुनुपर्छ। मलाई धेरै गोल भएको हेर्न मन पर्छ र म यसै कारणले नयाँ सम्झौता पाइरहेको हुन्छु। त्यसमा मलाई नेपाली समर्थक र नेपाली नागरिकको पनि सहयोग चाहिन्छ। मलाई थाहा छ कि नेपालीहरूले यअघिको प्रशिक्षकलाई खुबै मन पराएका थिए।

ए डिभिजन लिगमा विदेशी खेलाडी नै अट्याकिङमा राखिएको देखिन्छ। जसले गर्दा स्थानीय खेलाडीले कमै अवसर पाएका छन्? यस्तो अवस्थामा अट्याकिङ खेलाडी कसरी छान्नुहुन्छ त?
ए डिभिजनबाट स्थानीय खेलाडीलाई अघि बढाउनका लागि विदेशी खेलाडीले ठूलो भूमिका खेलेका छन्। उनीहरुले स्थानीय खेलाडीलाई सिकाइरहेको र प्रोत्साहन पनि दिएका छन्।

अफ्रिकी खेलाडीले गर्दा लिग बढी फिजिकल पनि भएको छ। उनीहरुले हामीलाई फिजिकल फिट हुनको लागि सिकाइरहेका छन् भने अफ्रिकन खेलाडीलाई कसरी फेस गर्ने भनेर पनि नेपाली खेलाडीले सिकिरहेका छन्। साथै लिगमा धेरै टिमले नेपाली स्ट्राइकरसँग खेलिरहेको मैले देखेको छु। मेरो नजर त्यसमै हुनेछ।

मलाई लाग्छ हामीसँग राम्रा, युवा स्ट्राइकर छन्। तर नेपालको ए डिभिजनमा १–०, १–१, २–१, २–२ जस्ता नतिजा धेरै देखिएका छन्। सबैभन्दा धेरै भयो भने ३–३ हुन्छ। म त्योभन्दा धेरै गोलको अपेक्षा गर्छु। एक गोल गरे भने उनीहरु डिफेन्समा जाने गरेका छन्। त्यस्तो हुनु हुँदैन। जब टिम एक गोलले अघि रहन्छ, त्यस्तो अवस्थामा खेल नै स्लो हुने गरेको देखेको छु। त्यो हुनुहुँदैन।

म यो कुरालाई पनि सुधार गर्न चाहन्छु। त्यस्तै नेपाली रेफ्रीबारे पनि केही कुरा छन्। पछिल्लो एक पटक रेफ्रीले ९५ मिनेटको खेलमा ७१ पटक सिट्ठी फुके। हरेकजसो मिनेटमा (बेलाबेला केही मिनेट बिराएर) सिट्ठी बजेको थियो। अन्तर्राष्ट्रिय खेलमा पनि ३५ देखि ४० मात्र सिट्ठी हुन्छ। यो धेरै संख्यामा हो। त्यसैले मेन्टालिटी परिवर्तन हुनुपर्छ। यो ठूलो स्टेप हो।

फ्यान र सामाजिक सञ्जालबाट के चाहनुहुन्छ?
मलाई सामाजिक सञ्जालबारे खास चासो छैन। तपाईंले मेरो आलोचना पनि गर्न सक्नुहुनेछ। मेरो भन्नु केही पनि छैन। तर, म कहिलेकाहीँ ‘इन्स्पिरेसन’बारे सामाजिक सञ्जालमा लेखिरहेको हुन्छु। कसले के भन्छ, कसले के। जसले जे भने पनि उनीहरूलाई जवाफ फर्काउँदै गयो भने, त्यो ठीक हुँदैन। यो कुरामा म स्पष्ट छु।

पछिल्लो प्रशिक्षक र खेलाडीको विवाद बारे थाहा छ? त्यसलाई कसरी लिनुभएको छ?
मलाई त्यो सबै थाहा छ। तर म त्यो विषयबारे बोल्दिनँ। त्यो कुरा स्टोरी बनाउन काम लाग्ला। तर, मेरो कामको कुरा होइन्। म त आउने दिन सोचेर खेलाडी मोटिभेट गर्ने खालको प्रशिक्षक हो। त्यसैले त्यस्ता कुराले मलाई छुँदैन। म ‘मोटिभेटर’ हो।

विदेश गएका खेलाडीलाई फर्काएर ल्याउने सोच छ कि छैन?
मलाई उनीहरूको अवस्थाबारे थाहा छैन। त्यहाँ पनि उनीहरू प्रोफेसनल लिग खेलिरहेका छैनन्। त्यो हेर्न पनि पाइँदैन। सायद मैले पछि उनीहरूको बारेमा थाहा पाउँदै जानेछु। खेलाडीले प्रोफेसनल लिग खेलिरहेका छन् र मैले खेलिरहेको देखेँ भने छान्न सजिलो हुनेछ।

मैले नदेखेको र कहाँ खेलिरहेका छन् भनेर थाहा नभएको खेलाडीलाई त कसरी छान्ने होला र! तपाईंहरूले मलाई सल्लाह दिन सक्नु हुनेछ। तर, निर्णय म आफैं गर्नेछु। युवा खेलाडी राष्ट्रिय टिममा बढुवा भएर खेल्न पाउँदा खुसी महसुस गर्नेछन्।

प्रकाशित: २०७९ चैत १ गते बुधबार ०६:२६
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना