२०८३ साउन १३ गते बुधबार

भिनसेन्जोको मन्त्र : म ‘मोटिभेटर’ हुँ, खेलाडी ‘अट्याकिङ माइन्डसेट’को हुनुपर्छ

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत १
vinsenjo
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो।

खेल जीवन त्यागेपछि २७ वर्षको उमेरमा इटालीका भिनसेन्जो अल्बर्टो एनेस प्रशिक्षक बने। पहिले उनी बालबालिकाहरुलाई शारीरिक शिक्षा पढाउने शिक्षक थिए। त्यहाँबाटै उनको प्रशिक्षण करियरको जग बसेको हो।

पछिल्लो समय उनले ९ देशमा प्रशिक्षण गराइसकेका छन्। अफ्रिका र एसियाका शीर्ष श्रेणीको फुटबल क्लबमा प्रशिक्षक बनिसकेका छन्। अफ्रिका, इन्डोनेसिया, घाना र युरोपमा काम गरेको अुनभव बटुलेका भिनसेन्जोलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले केही दिनअघि नेपाली सिनियर टिमको मुख्य प्रशिक्षक बनाएको छ।

पुरुष सिनियर राष्ट्रिय फुटबल टिम सम्हाल्ने मौका पाएको उनका लागि यो पहिलो पटक हो। यो जिम्मेवारीमा आफूलाई पाउँदा गर्वको महसुस उनलाई भएको छ। नेपाली टिमको राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी चुनौतीपूर्ण रहेको उनको भनाइ छ। पत्रकारहरूसँगको साक्षात्कारमा उनले केही विषय प्रष्ट पारेका छन्।

नेपाल आउनुको कारण के थियो ? के सोचेर मुख्य प्रशिक्षकमा ‘अप्लाई’ गर्नुभयो?
म यो अवसरको पर्खाइमा थिएँ। मैले पछिल्लो दुई-तीन वर्षमा नेपाललाई नजिकबाटै नियालिरहेको छु। यहाँ आउने मेरो ठूलो सपना थियो। नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदा मेरो करियर पनि राम्रो हुन्छ भन्ने सोचेको छु। तर म यो कुरामा मात्र सीमित रहन्नँ। करियरकै ‘बेस्ट’ अवसर र ठूलो जिम्मेवारी भएको कारण म आफ्नो लागि र मेरो टिमका लागि धेरै गर्न चाहन्छु।

दुई-तीन वर्षमा नेपालको फुटबलबारे के कति थाहा पाउनुभयो त?
मैले आईलिग खेल्ने केही खेलाडी र इन्डोनेसियामा खेल्ने खलाडी चिनेको छु। म इन्डोनेसियाको सुपर लिगमा पनि प्रशिक्षक थिएँ। मलाई लाग्छ- जारी ए डिभिजन लिगमा पनि धेरै राम्रा र राम्रो सम्भावना भएका खेलाडी छन्।

ए डिभिजनका दुई दर्जन खेलाडी विदेसिएका छन्। के अब तिनीहरूको अभाव नयाँ खेलाडीले पूर्ति गर्लान्? कि अझै राम्रो टिम बन्छ?
खेलाडीको गुणस्तरका विषयमा अहिले धेरै चुनौती छैन भन्ने मलाई लाग्छ। कला र कौशलले पोख्त खेलाडी छन्।  ठूलो चुनौती भनेको खेलाडीमा अनुभव खोज्नु हुनेछ। धेरै खलाडी विदेश गएका कारण हामीले नयाँ खेलाडी पहिचान गर्नुपर्छ भन्ने लागेको छ। नयाँ अनुहार आउने सम्भावना पनि छ।

अब खेलाडीको गुणस्तरमा कसरी विकास हुन्छ भनेर हेर्न बाँकी मात्र छ। खेलाडीको ‘स्पिरिट’ हामीले हेर्ने हो, जुन बजारबाट किनेर ल्याउने चिज होइन।

अनि अनुभवको लागि खेलाडीले खेल्नैपर्छ। खेलेपछि न अनुभव बटुल्ने हो। यसको लागि हामी ठूलो जोखिम लिँदैछौँ। र, नेपालको फुटबल विकासका लागि यो जोखिम उठाउन आवश्यक पनि छ।

अब नेपाली फुटवलमा खेलाडीले पुरानै खेल सिद्धान्तलाई निरन्तरता दिने हो कि तपाईंका आफ्नै सिद्धान्त प्रयोग हुनेछन्? नेपाली फुटबलले अपनाइरहेको अहिलेको खेल रणनीतिमा कस्तो छ?
मैले कही दिनअघि बाट मात्र काम सुरू गरेको हो। अब हामीसँग एउटा प्रतियोगिता आउँदै छ। केही परिवर्तन त हुनै बाँकी छ। हाम्रो टिममा नयाँ खेलाडी हुनेछन्। त्यो हाम्रा लागि खतरा पनि हुनेछ। नयाँ खेलाडी हुँदा आपसमा धेरैलाई थाहा हुँदैन। मैले कहिले पनि मेरो टिममा आफैंबारे कुरा गरेको छैन।

मलाई टिमको बारेमा बयान गर्न धेरै मन पर्छ। त्यसैले हामीले शान्त भएर ठिक खेलाडी छनोट गर्नुपर्छ। सँगै हामीले पुराना खेलाडीलाई साथमा लिनुपर्छ। चरणबद्ध रूपमा केही कुराहरु परिवर्तन गर्नुपर्ने हुन्छ। तर, परिवर्तनको समयमा हामी संयमित हुनुपर्छ। ठूलो परिवर्तनले समस्या ल्याउँछ।

सन् २०१८ मा रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडी बनेका थिए। किरण चेम्जोङ पनि आई लिगमा खेलिरहेको छन्। अरु खेलाडीबारे पनि थाहा छ?
किरणलाई मैले एसियन गेम्समा पनि देखेको हो। धेरै जान्नको लागि त समय लाग्छ नै। तर मैले खेलाडी छनोट गर्नुपूर्व उनीहरूको तीन खेल हेर्नेछु, अनि मात्र छनोट गर्नेछु। उनीहरू बाँकी दुई खेलका लागि पनि तयार छन्।

आउँदो त्रिदेशीय कपका लागी हामीले तयारी गरिरहेका छौं। म युवा खेलाडीलाई टिममा बोलाउने कुराले उत्साही छु। किनभने भने म ऊर्जावान् खेलाडीमा विश्वास गर्छु। युवा खेलाडीले धेरै चाँडो सिक्न सक्छन्।

टिमसँग एक वर्षको सम्झौता गर्नु भएको छ? यो एक वर्षमा के गर्ने लक्ष्य छ?
मेरो लक्ष्य भनेको धेरै गोल गर्ने र जित निकाल्ने नै हो। यो कुराले मात्र मलाई उत्साह थप्छ। मैले मात्र केही पाउने भन्दा पनि मेरो ध्यान मेरो टिमले धेरै खेल जितोस् भन्नेमा हुन्छ। तपाईंहरुले भनेजस्तो खेलाडी विदेसिएका कारण धेरै खेलाडी परिवर्तन हुन्छन् भन्ने लाग्छ। हेरौं के हुन्छ।

दक्षिण एसियामा धेरै देशको लिग हेरिसक्नु भएको छ। नेपालको निकट प्रतिद्वन्द्वी र नेपाली लिगको संरचनामा के फरक पाउनु भएको छ?
फरक भनेको शारीरिक अवस्थामा नै हो। तर, हामीले देशको लिगको क्यालेन्डर चाहिँ सुरुमै तयार गरेर राख्नुपर्छ। यहाँ हरेक दुई दिनमा खेल भइरहेका छन्। सायद हाम्रा खेलाडीसँग अर्को खेलको लागि तयार हुने समय पनि हुने छैन। मलाई यो थाहा छ, धेरै खेलमा खेलाडी घाइते हुन्छन्।

हामीले कम्तीमा तीन दिनमा मात्र खेल्नुपर्छ। नेपाली लिगले फिजिकल कन्डिसनमा सुधार गर्नुपर्ने हुन्छ। ट्याक्टिकल्ली नेपालका धेरैजसो टिमले ४–४–२, ४–३–३ र ४–३–२–१ जस्तो फर्मेसनमा खेलिरहेको देखिन्छ। हामीलेसँगै मिलेर धेरै कुरा सुधार गर्न सक्छौँ।

म नेपाली प्रशिक्षकसँग बसेर पनि कुरा गर्न सक्नेछु। किनभने उनीहरू ‘पुराना र व्यावसायिक’ प्रशिक्षक छन्। हामीबीच कुरा भयो भने अनुभव साटासाट हुन्छ। त्यसले लिगको प्रतिस्पर्धा पनि राम्रो बनाउन सक्छ। त्यसपछि राष्ट्रिय टिम पनि राम्रो हुनेछ। ए डिभिजनमा नेपालले पनि चाँडै प्रगति गर्नेछ।

तपाईंले अब आफ्नै ‘सपोर्टिङ स्टाफ’ राख्ने कि यहाँकै स्टाफ राख्ने?
त्रिदेशीय खेलमा भने यहाँका  स्टाफ नै मसँग हुनेछन्। तर त्यसपछि के हुन्छ भन्न सकिँदैन। म भर्खरै आएको हो। विस्तारै यहाँका मानिस र स्टाफबारे बुझ्दैछु, हेर्दै जानेछु। म अरूको सुझावमा पनि विश्वास गर्छु। मैले त्यसरी नै अहिलेसम्म प्रशिक्षण गर्दै आइरहेको छु। कहिलेकाहीँ मैले राम्रो सल्लाह पनि पाउँछु। मैले घाना, प्यालेस्टाइन, इन्डोनेसिया र भारतमा पनि धेरै सुझाव सुनेर जित निकालेको हो।

खेलाडी छनोटमा कस्ता चुनौती छन्? कस्ता खेलाडी छनोट गर्ने योजना छ?
म बलियो व्यक्तित्व भएको प्रशिक्षक हो। म कडा स्वभावको पनि छु। यद्यपि खेलाडी छनोटमा चुनौती देखिन्छन्। मेरो खेलाडी अट्याकिङ माइन्डसेटको हुनुपर्छ। मलाई धेरै गोल भएको हेर्न मन पर्छ र म यसै कारणले नयाँ सम्झौता पाइरहेको हुन्छु। त्यसमा मलाई नेपाली समर्थक र नेपाली नागरिकको पनि सहयोग चाहिन्छ। मलाई थाहा छ कि नेपालीहरूले यअघिको प्रशिक्षकलाई खुबै मन पराएका थिए।

ए डिभिजन लिगमा विदेशी खेलाडी नै अट्याकिङमा राखिएको देखिन्छ। जसले गर्दा स्थानीय खेलाडीले कमै अवसर पाएका छन्? यस्तो अवस्थामा अट्याकिङ खेलाडी कसरी छान्नुहुन्छ त?
ए डिभिजनबाट स्थानीय खेलाडीलाई अघि बढाउनका लागि विदेशी खेलाडीले ठूलो भूमिका खेलेका छन्। उनीहरुले स्थानीय खेलाडीलाई सिकाइरहेको र प्रोत्साहन पनि दिएका छन्।

अफ्रिकी खेलाडीले गर्दा लिग बढी फिजिकल पनि भएको छ। उनीहरुले हामीलाई फिजिकल फिट हुनको लागि सिकाइरहेका छन् भने अफ्रिकन खेलाडीलाई कसरी फेस गर्ने भनेर पनि नेपाली खेलाडीले सिकिरहेका छन्। साथै लिगमा धेरै टिमले नेपाली स्ट्राइकरसँग खेलिरहेको मैले देखेको छु। मेरो नजर त्यसमै हुनेछ।

मलाई लाग्छ हामीसँग राम्रा, युवा स्ट्राइकर छन्। तर नेपालको ए डिभिजनमा १–०, १–१, २–१, २–२ जस्ता नतिजा धेरै देखिएका छन्। सबैभन्दा धेरै भयो भने ३–३ हुन्छ। म त्योभन्दा धेरै गोलको अपेक्षा गर्छु। एक गोल गरे भने उनीहरु डिफेन्समा जाने गरेका छन्। त्यस्तो हुनु हुँदैन। जब टिम एक गोलले अघि रहन्छ, त्यस्तो अवस्थामा खेल नै स्लो हुने गरेको देखेको छु। त्यो हुनुहुँदैन।

म यो कुरालाई पनि सुधार गर्न चाहन्छु। त्यस्तै नेपाली रेफ्रीबारे पनि केही कुरा छन्। पछिल्लो एक पटक रेफ्रीले ९५ मिनेटको खेलमा ७१ पटक सिट्ठी फुके। हरेकजसो मिनेटमा (बेलाबेला केही मिनेट बिराएर) सिट्ठी बजेको थियो। अन्तर्राष्ट्रिय खेलमा पनि ३५ देखि ४० मात्र सिट्ठी हुन्छ। यो धेरै संख्यामा हो। त्यसैले मेन्टालिटी परिवर्तन हुनुपर्छ। यो ठूलो स्टेप हो।

फ्यान र सामाजिक सञ्जालबाट के चाहनुहुन्छ?
मलाई सामाजिक सञ्जालबारे खास चासो छैन। तपाईंले मेरो आलोचना पनि गर्न सक्नुहुनेछ। मेरो भन्नु केही पनि छैन। तर, म कहिलेकाहीँ ‘इन्स्पिरेसन’बारे सामाजिक सञ्जालमा लेखिरहेको हुन्छु। कसले के भन्छ, कसले के। जसले जे भने पनि उनीहरूलाई जवाफ फर्काउँदै गयो भने, त्यो ठीक हुँदैन। यो कुरामा म स्पष्ट छु।

पछिल्लो प्रशिक्षक र खेलाडीको विवाद बारे थाहा छ? त्यसलाई कसरी लिनुभएको छ?
मलाई त्यो सबै थाहा छ। तर म त्यो विषयबारे बोल्दिनँ। त्यो कुरा स्टोरी बनाउन काम लाग्ला। तर, मेरो कामको कुरा होइन्। म त आउने दिन सोचेर खेलाडी मोटिभेट गर्ने खालको प्रशिक्षक हो। त्यसैले त्यस्ता कुराले मलाई छुँदैन। म ‘मोटिभेटर’ हो।

विदेश गएका खेलाडीलाई फर्काएर ल्याउने सोच छ कि छैन?
मलाई उनीहरूको अवस्थाबारे थाहा छैन। त्यहाँ पनि उनीहरू प्रोफेसनल लिग खेलिरहेका छैनन्। त्यो हेर्न पनि पाइँदैन। सायद मैले पछि उनीहरूको बारेमा थाहा पाउँदै जानेछु। खेलाडीले प्रोफेसनल लिग खेलिरहेका छन् र मैले खेलिरहेको देखेँ भने छान्न सजिलो हुनेछ।

मैले नदेखेको र कहाँ खेलिरहेका छन् भनेर थाहा नभएको खेलाडीलाई त कसरी छान्ने होला र! तपाईंहरूले मलाई सल्लाह दिन सक्नु हुनेछ। तर, निर्णय म आफैं गर्नेछु। युवा खेलाडी राष्ट्रिय टिममा बढुवा भएर खेल्न पाउँदा खुसी महसुस गर्नेछन्।

प्रकाशित: २०७९ चैत १ गते बुधबार ०६:२६
प्रतिक्रिया

थप समाचार

अर्जेन्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। अन्तरर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको...

यसपटकको विश्वकपबाट फिफाले गर्‍यो १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

फिफाले यस गृष्मकालीन विश्वकपबाट १५ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गरेको छ। यो आम्दानी सुरुमा लक्ष्य राखिएको ११ अर्ब डलरभन्दा निकै बढी हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार...

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रका संघलाई बढ्नेछ सहयोग

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स, एएफपी। स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ। समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना