काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा शनिबार केही घटेको छ।
शनिबार साँझदेखि उपत्यकामा केही शीतल हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ।
शनिबार साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने विभागको दाबी छ।
मौसमविद् सरोज पुडासैनीले शनिबार अपराह्न र राति उपत्यकामा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको जानकारी दिए।
मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ तर यसलाई प्रि-मनसुन गतिविधि मान्नुपर्ने उनले बताए।
शुक्रबारको तुलनामा शनिबार आंशिकदेखि साधारणतया बदली हुन सक्ने मौसमविद् पुडासैनीको भनाइ छ।
काठमाडौँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।
शुक्रबार उपत्यकामा ३३.४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो।
