मगर समुदायले भूमि पूजा गरेका छन्। नेपाल मगर संघ केन्द्रीय समितिले आजबाट तीन दिनसम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्वको आयोजना गरेको हो।
वर्षायामको सुरुवातसँगै खाद्यबालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमिपूजा गर्ने गरिन्छ।
पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमेपर्वको महत्व रहेको छ।




















