काठमाडौँ- केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्ताले दुग्ध विकास संस्थान (डीडीसी)को केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
तालाबन्दीका लागि भनेर उनीहरू बुधबार बिहानै संस्थानको कार्यालय पुगेका थिए।
तर तालाबन्दी गर्न पुगेका संघका पदाधिकारी तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरूबाट लामो समयदेखि दुग्धको भुक्तानी पाउन बाँकी रहेका कारण संघ आन्दोलित छ।















