सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई हराएको छ। च्यासल रंगशालामा सम्पन्न भएको खेलमा मणिकुमार लामाको एकमात्र गोलमा एपिएफले आर्मीलाई हराएको हो।
खेलको ३७औं मिनेमा मणिकुमार लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। तर खेलको आर्मीले गोल फर्काउन सकेन। एक खेलमा हार व्यहोरेको एपीएफले अहिले चार खेलबाट ७ अंक बनाएको छ। जारी ए डिभिजन लिगमा उसले उपाधि दावेदार आर्मीलाई हराएको हो।
यता आर्मीले भने चार खेलबाट पाँच अंक बनाएको छ। जारी लिगमा अपराजित रहेको एकमात्र क्लब चर्च बोइजले चार खेलबाट १० अंक बनाएको छ। यता सात अंक बनाएको एपिएफले थ्रिस्टार क्लब र जावलाखेल युवा क्लबसँग बराबरी गरेको छ।
लिगको अंकतालिकाअन्तर्गत दोसो स्थानमा रहेको सातदोबाटो युवा क्लबको ९ अंक रहेको छ।
