बारा- जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभामा कुर्सी हानाहान भएको छ।
नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षले विरोध गर्दै कुर्सी हानाहान सुरु गरेका थिए।
बजेट पेस गर्ने दिन बिहानैबाट एमाले र कांग्रेसका वडाध्यक्ष विरोधमा उत्रेका थिए।
नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगरसभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए।
नगर सभास्थलमा रहेका कुर्सी र टेबलसमेत वडाध्यक्षहरूले तोडफोड गरेका थिए।
वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ।
मेयर पौडेल माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।


