काठमाडौँ- भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि ओभरसुट गरिएको छ।
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहितका यात्रु चढेको जहाज प्रतिकुल मौसमका कारण ओभरसुट गरी काठमाडौँ फिर्ता गरिएको हो।
बुद्ध एयरको ‘यू४–८५१’ उडान नम्बरको जहाज बिहान करिब ८ बजे भैरहवा पुगेपनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौँ फर्किएको थियो।
बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनमा आयोगको टोली बुटवल जान लागेको थियो।
प्रतिकूल मौसमका कारण जहाजलाई काठमाडौँ नै फिर्ता गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
सामान्य दिनको तुलनामा जहाज बढी नै टर्बुलेन्स (हल्लिएको) भएको थियो। जहाज हल्लिएपछि यात्रुहरू आत्तिएका थिए।
प्रतिकूल मौसमका कारण यति एयरलाइन्सको जहाज पनि काठमाडौं फिर्ता भएको थियो।
