२०८३ कार्तिक २२ गते शनिवार

रिलायन्स स्पिनिङको आईपीओ स्वीकृत, कम्तीमा ४१ हजार नहुनेले भर्न नपाउने!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १३
reliance_spinning

काठमाडौँ- रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति पाएको छ। धितोपत्र बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा दरमा ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ जारी गर्न अनुमति दिएको हो।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न कम्पनीले यसअघि नै गत माघमा संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरी बाडँफाँड गरिसकेको छ।

सेयरमा ११ लाखभन्दा बढी कित्ता सेयरको माग भएकोमा कट अफ प्राइस ९१२ रुपैयाँ कायम भएको थियो। बुक बिल्डिङ विधि अनुसार योग्य संस्थागत लगानीकर्ताबाट कायम भएको कटअफ प्राइसको १० प्रतिशत डिस्काउन्टमा सर्वसाधारणले सेयर जारी गर्नुपर्ने प्रावधान छ। यसअनुसार प्रतिसेयर ८२० रुपैयाँ ८० पैसामा रिलायन्स स्पिनिङको सेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ।

सर्वसाधारणको लागि छुट्याएको जारी पुँजीको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता सेयरले हुन आउने ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको आईपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो।

बुकबिल्डिङ्ग विधि अनुसार न्यूनतम ५० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने प्रावधान अनुसार अब लगानीकर्ताले आईपीओ भर्न प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ।

सेयर बाँडफाँड पनि न्यूनतम ५० कित्ताका आधारमा हुनेछ। जसअनुसार २३ हजार ११९ जनाले सेयर हात पार्नेछन्। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुका लागि सेयर निष्कासन हुनेछ भने सो सेयर बाँडफाँडपछि मात्रै दोस्रो चरणमा आम सर्वसाधारणमा सेयर बिक्री खुला हुनेछ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो।

रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने दोस्रो कम्पनी हो। यसअघि सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा पहिलो कम्पनीको रुपमा आईपीओ बिक्री गरेको थियो।

प्रकाशित: २०८१ असार १३ गते बिहिबार ०७:२३
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना