काठमाडाैँ- ६ अर्ब रकम हिनामिना गरेको आरोपमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।
भण्डारीलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो।
ललितपुरमा रहेको सरकारीका सीईओ भण्डारीलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।
२०८० फागुन २९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।


