२०८३ कार्तिक १५ गते शनिवार

घर बसीबसी सस्तोमा हवाई टिकट किन्न ई-सेभेनस्टार, समयको छैन पाबन्दी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १५
Esevenstar

काठमाडौँ- हवाई यात्राका लागि टिकेटिङलगायतका सेवा प्रदान गर्दै आएको सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्स प्रालिले अत्याधुनिक टिकेटिङ पोर्टल सञ्चालनमा ल्याएको छ।

औपचारिक रूपमा ई-सेभेनस्टार डटकमको सेवा संचालनमा आएको कम्पनीले जानकारी दिएको हो। ग्राहकलाई सस्तो मात्र नभएर छिटोछरितो, सजिलो र भरपर्दो सेवा प्रदान गर्न अत्याधुनिक विशेषतासहितको बेबसाइट सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ।

आषाढ १३ गते कम्पनीको कर्पोरेट कार्यालय बागबजारमा कार्यक्रमको आयोजना गरी अनलाइन ट्राभल एजेन्सीको औपचारिक सुरु गरिएको हो।

सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले एक दशकयता यात्रुलाई टिकेटिङ सेवा प्रदान गर्दै आएको छ। यो अवधिमा सँगालेका अनुभवलाई प्रयोग गरेर यात्रुको सहजताकै लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले बताए।

‘विश्व डिजिटाइजेसनतर्फ अगाडि बढेकव छ। अबको भविष्य र व्यावसायिकता समेत डिजिटाइजेसन हुने निश्चित छ। यात्रुलाई सुविधाकै लागि हामीले आफ्नो ओटीए (अनलाईन ट्राभल एजेन्सी)सञ्चालनमा ल्याएका हौं,’ ई-सेभेनस्टारको उद्घाटन कार्यक्रममा बास्तोलाले भने, ‘यससँगै हाम्रो पहुँच विश्वभर छरिएका उपभोक्तामा पुगेको छ। हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ। यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्‌को हो।’

लामो समय अनुसन्धान गरी ओटीए सञ्चालनमा ल्याइएको बास्तोलाको दाबी छ। ‘हाम्रो प्लेटफर्ममा गएर विश्वभरका वायुसेवाका टिकट जुनसुकै समयमा घरैमा बसेर आँफैले काट्न सक्नेछन्,’ उनले भने, ‘हाम्रा प्रतिनिधि ग्राहकको सेवाका लागि २४सै घण्टा तैनाथ छन्।’

अनलाइनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपीएस लगायतका भुक्तानी सेवा प्रदायकबाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको छ।

ईसेभेनस्टारको बिजनेस टु बिजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई बेच्न पनि सकिने अवस्था बनेको बास्तोला बताउँछन्।

सस्तोमा टिकेटिङ सेवा दिएर विश्वसनीय सेवा प्रवाह गरेको भन्दै कम्पनी हरेक वर् विभिन्न वायुसेवा कम्पनीबाट पुरस्कृत पनि हुँदै आएको छ। क्याथे प्यासिफिक एअरवेज, श्रीलङ्कन एअरलाईन्स्, मलेसियन एअरलाइन्स तथा थाई एअरवेजबाट कम्पनीलाई उत्कृष्ट ट्राभल एजेन्सीको अवार्ड प्रदान गरिएको शर्माले जानकारी दिए।

नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा कम्पनीले ठूलो हिस्सा ओगटेको छ। कम्पनीले जापानमा समेत कार्यालय खोलेर टिकेटिङ सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदन सेवासमेत प्रदान गर्दै आएको छ।

प्रकाशित: २०८१ असार १५ गते शनिवार ०६:२२
प्रतिक्रिया

थप समाचार

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना