काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
शुक्रबारबाट लागू हुने गरी प्रहरीले उनलाई थुन्न अनुमति दिएको हो।
प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको छ।
यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए। उनलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको थियो।
एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो।
आफू पक्राउ परेपछि टोखा नगरपालिका-६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए।
झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको दाबी छ।
भूटानी शरणार्थी प्रकरणमा फरार रहेका थापा पक्राउ, यस्तो छ ठगीमा उनको भूमिका


