काभ्रे– काभ्रेको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा गए राती काठमाडौंतर्फ जाँदै गरेको बा६३प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको छ।
बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।
अरनिको राजमार्गअन्तर्गत भैंसेपाटी क्षेत्रमा स्थानीयले प्रदर्शन गर्दा सो क्षेत्रको यातायात ठप्प भएको छ। सो क्षेत्र भई आउजाउ गर्ने सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको प्रहरीले बताएको छ।



