सोल- दक्षिण कोरियाको राजधानी सोलमा मानिसहरूको भीडमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ।
यो दुर्घटना स्थानीय समयअनुसार सोमबार राति ९:३० बजेतिर भएको हो।
योन्ह्याप समाचार एजेन्सीका अनुसार ६८ वर्षीय चालकले चलाएको कार भीडमा पुग्दा ४ जना घाइते भएका छन्।
ट्राफिक स्टपमा उभिएर गाडी पर्खिरहेका मान्छेको भीडलाई गाडीले ठक्कर दिएको थियो।
प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार भीडलाई किच्न अघि कारले अन्य दुई सवारी साधनलाई पनि ठक्कर दिएको थियो।


