२०८३ कार्तिक १२ गते बुधबार

कांग्रेस-एमाले गठबन्धनले कहाँकहाँ चलाउँदै छ संविधान?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १८
deuba_oli

काठमाडौँ- संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सोमबार राती सहमति भयो। यो गठबन्धनले कहाँकहाँ संविधान चलाउला भन्ने विषयमा औपचारिक रूपमा कुनै पनि विवरण कुनै पनि दलले सार्वजनिक गरेका छैनन्।

कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको बताइने गरिएको भए पनि त्यसलाई अझसम्म सार्वजनिक गरिएको छैन। संविधान संशोधनमा समावेश गर्ने विषय समावेश गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोकत्वमा सुझाव कार्यदल बनाउने गठबन्धनमा लगभग सहमति छ। तर आयोगले कस्ताकस्ता विषयमा सुझाव दिने भन्ने कार्यादेशबारे दुवै दल मौन छन्। नयाँ गठबन्धन बनेसँगै संविधान कहाँ कहाँ चलाउलान् भन्ने विषयमा चासो भने बढेको छ।

निर्वाचन प्रणाली र स्थानीय तहको संख्या घटाउने विषयमा संविधान संशोधन गर्ने विषयमा कांग्रेस र एमालेका बीच कुराकानी भएको थियो। यस्तै प्रदेशको संख्या पुनरवलोकनका विषयमा पनि छलफल भएको थियो।

हाल प्रदेश र संघीय सदनमा मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ। प्रतिनिधि सभामा समानुपातिक प्रणालीबाट ११० जना र प्रत्यक्ष निर्वाचित १६५ जना ल्याउने व्यवस्था छ। यसो गर्दा कुनै पनि दलको बहुमत आउन नसक्ने र शक्तिमा माओवादी केन्द्रजस्ता साना दल हाबी हुने खतरालाई मध्यनजर गरी यो प्रणालीलाई नै ठूला दुई दलहरूले बदलिदिन चाहेका हुन्।

प्रदेश र स्थानीय तहका कतिपय अधिकारका विषयमा पनि ठूला दल उदार छैनन्। स्थानीय तहको राजनीतिक नेतृत्वबाट कटाक्ष र आलोचना भइरहेको विषय एमालेलाई निको लागेको छैन। यो विषयमा पनि दुई दलले पुनरवलोकन गर्न सक्ने सम्भावना छ। यद्यपि आयोग बनेर त्यसले सुझाव दिन पनि लामै समय लाग्ने भएकाले यी काम गर्न तत्कालै सहज भने छैन।

निर्वाचन प्रणाली र स्थानीय तहको संख्या घटाउने विषयमा संविधान संशोधन गर्ने विषयमा कांग्रेस र एमालेका बीच कुराकानी भएको थियो। यस्तै प्रदेशको संख्या पुनरवलोकनका विषयमा पनि छलफल भएको थियो।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संविधान संशोधनको काम तत्कालै भइहाल्ने अवस्था नरहेको उल्लेख गरे। यसका लागि पर्याप्त तयारी बहस आवश्यक भएकाले केही समय लाग्ने उनको भनाइ छ।
संविधान संशोधनका लागि संसदका दुवै सदनमा दुई तिहाइ बहुमत चाहिन्छ। कांग्रेस र एमाले मिल्दैमा दुई तिहाइ पुर्‍याउन पनि सम्भव छैन। उनीहरूले साना दलको सहयोग त लिनै पर्ने अवस्था छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेससँग ८८ सिट छ भने दोस्रो ठूलो दल एमालेसँग ७९ सिट छ। यी दुवैको सङ्ख्या जोड्दा १ सय ६७ हुन्छ। दुई तिहाइ पुग्न कम्तीमा १ सय ८४ सांसद चाहिन्छ। दुई तिहाइ पुर्‍याउन उनीहरूलाई कम्तीमा १७ सदस्य अपुग हुन्छ। एकीकृत समाजवादीको १० तथा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी यो गठबन्धनमा सहभागी भए संविधान संशोधनका लागि आवश्यक संख्या पुग्छ।

प्रतिनिधिसभामा तेस्रो दल माओवादी केन्द्रसँग ३२, चौथो दल रास्वपासँग २१, राप्रपासँग १४, जसपा नेपालसँग ५, जसपासँग ७, जनमत पार्टीसँग ६, लोसपासँग ४ सांसद छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र आम जनता पार्टीसँग १-१ सांसद हुँदा २ स्वतन्त्र सांसद छन्।

संविधान संशोधन गर्नुपर्नेमा अधिकांश दल सहमत भए पनि उनीहरूका एजेन्डा भने फरकफरक छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस–एमाले गठबन्धनलाई स्वागत गरेको छ। लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले मधेस आन्दोलनले उठाएर थाती बसेको संविधान संशोधनको मुद्दा लिएर गठबन्धन बनेका कारण लोसपाले यसलाई स्वागत गरेको बताए।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ३२ सिट भएपनि दम्भ देखिएको थियो र संसद्लाई बन्धक बनाउने काम गरेका थिए,’ महामन्त्री डा. झाले भन्छन्, ‘संविधान संशोधनमार्फत बाँकी मधेस आन्दोलन र अन्य आन्दोलनका थाती रहेका मुद्दालाई सम्बोधन गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँ उभिनुपर्ने आवश्यक छ।’

संविधान संशोधनका लागि आफ्नो पार्टीले गठबन्धनलाई स्वागत र समर्थन गर्ने उनको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ।
बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संविधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संविधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका हुन्।

प्रकाशित: २०८१ असार १८ गते मङ्गलबार ०६:५१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना