काठमाडौँ- नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपाल एसीसी प्रिमियर कपको विजेता बनेको हो। यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ।
त्रिवी क्रिकेट मैदानमा उपाधिका लागि ११८ रनको लक्ष्य पाएको नेपालले ३० ओभर तीन बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। यससँगै नेपालले सात विकेटको जित निकालेको छ।
खेलमा सोमबार विहानबाटै राम्रो प्रदर्शन गरे पनि वर्षाको कारण एकपटक रोकिएर सुरु भएको थियो। आइतबारको खेलमा युएईले २७ ओभर तीन बलमा युएईले ९ विकेट गुमाएको अवस्था थियो। वर्षाले एक दिन धकेलिएको बाँकी खेल अन्तर्गत मंगलबार विहान युएईले ३३ ओभर एक बलमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो। यससँगै, नेपालले ११८ रनको लक्ष्य पाएको थियो।


