काठमाडौँ- रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री डा मुकुल ढकालको प्रतिवेदन पेस भएको छ। आजको बैठकमा महामन्त्री ढकाल मौन बसेपछि सहमहामन्त्रीले बैठकमा महामन्त्रीको प्रतिवेदन वाचन गरेका हुन्।
यसअघि महामन्त्रीको प्रस्ताव पेस गर्न सचिवालयको बैठकले अनुमति दिएको थियो।
तर महममन्त्री ढकालले भने सभापति लामिछानेले आफ्नो प्रस्ताव भने रोकेको आरोप लगाएका छन्।
प्रस्तावमा महामन्त्री ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको लेखेका छन्।
‘आशाको दियोलाई फेरी बालौं। राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन,’ प्रस्तावमा लेखिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं।’
यस्तो छ रविले रोकेको ढकालको प्रस्ताव


