२०८३ कार्तिक २२ गते शनिवार

माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउन घनश्याम भुसाल सकारात्मक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २०
madhav_ghanashyam

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउने तयारी गरिएको छ।

बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू सर्वसम्मतिको प्रयासमा रातभर जुटेपछि उनलाई सर्वसम्मत अध्यक्ष बनाउन अर्का आकांक्षी घनश्याम सकारात्मक देखिएका छन्।

अध्यक्षमा दाबी गर्दै आएका भुसाल सकारात्मक देखिएपछि नेपाल सर्वसम्मत अध्यक्ष चयन हुने सम्भावना बढेको नेकपा एसका एक नेताले जानकारी दिए।

महाधिवेशन प्रतिनिधिको संख्या नेपालको पक्षमा अधिक देखिएपछि भुसालले अध्यक्ष पदमा दाबी छोडेको हुन सक्ने ती नेताको भनाइ छ। अध्यक्षमा आकांक्षी रहेका भुसालले भने आफ्ना लागि कम्तीमा तेस्रो वरीयता खोजेका छन्। उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने माग अघि सारेका छन्।

भुसालले अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेका छन्। भुसालले रोजेकै पद वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको पनि दाबी छ।

नेपाल भने भुसाललाई महासचिवमा दोहोर्‍याउन चाहन्छन्। उनको वरीयताका विषयमा पार्टीमा सहमति हुन बाँकी छ।

केन्द्रीय निर्वाचन कमिटीले बिहीबार बिहान महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ।

२१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ।

प्रकाशित: २०८१ असार २० गते बिहिबार ११:२०
प्रतिक्रिया

थप समाचार

हाम्रो पार्टीलाई जनताको मतको कमी छैन : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको जिकिर गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना