२०८३ कार्तिक १४ गते शुक्रबार

मुवा थाईमा नेपाल बन्यो विश्वविजेता, यस्तो छ गुणराजको कथा

 |  कुम्भराज राई
Sanket

कुम्भराज राई

काठमाडौँ, असार २०
gunraj_ruchal

काठमाडौँ- मुक्कामुक्की र लात्ती हानाहान। कुहिना र घुँडाको प्रहार। शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम। हेर्दै निर्मम र डरलाग्दो। नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य जस्तै। मार्सल आर्टअन्तर्गत पर्ने खेल मुवा थाई विधाको नियम हो यो।

विसं २०८० चैत ६ गते मङ्गलबारका दिन थाइल्याण्डको बैङ्ककस्थित द बजार रत्चडाफिसेकमा १९औं विश्व मुवा थाई प्रतियोगिताको फाइनल चलिरहेको थियो। सेमि–प्रोफेसनल विधाअन्तर्गत ५४ किलो तौल समूह पुरुषतर्फको प्रतिस्पर्धामा थिए नेपालका गुणराज रुचाल। रिङभित्र रुचालका प्रतिस्पर्धी थिए इटालीका ग्राभियल ओलारियु। तीन राउण्डको नौ मिनेट लामो मुक्कामुक्कीपछि रेफ्रीले गुणराजको बायाँ हात उचाल्दै विजेता घोषित गरे।

त्यो जित गुणराजको एक्लो थिएन। सिङ्गो नेपालको जित थियो। नेपालको राष्ट्रिय झण्डा फहराउँदै गुणराजसहितको सानो नेपाली टोलीले त्यहाँ उत्सव मनाए। मुवा थाई खेलमा देशले प्राप्त गरेको हालसम्मकै ठूलो सफलता थियो त्यो। जब विश्वविजेताको पेटी (बेल्ट) गुणराजको कम्मरमा बाँधियो। गुणराज एकछिन भावुक भए। आँखाहरू रसाए। सपना पूरा भएकामा उनी रोमाञ्चित भए। मन भने वहलिँदै त्यही देवीटार गाउँ पुग्यो।

खेतीपाती गरेर वर्षभरि खान नपुग्ने परिवार। छोराछोरीका लागि बुबाआमाले निरन्तर गरिरहेको सङ्घर्ष। छाती गह्रौँ भयो। गला अवरुद्ध भए। आफ्नै मनले भन्यो, ‘बाबा तिम्रो छोरा पनि विश्वविजेता बन्यो।’

ताजा खुसीको उन्मादले ओझेलमा परेको अर्को पीडा साथमै थियो। भीडन्तको पहिलो राउन्डमै उनको दायाँ हात भाँचिसकेको थियो। तर हात भाँचिएको कुरा न उनले कोचलाई सुनाए न त रेफ्रीलाई। ‘मेरो हात भाँचियो भनेर मैले पहिले थाहा पाइसकेको थिएँ। किनभने त्यसरी नै मेरो हात पहिले पनि भाँचिएको थियो’, उनले त्यो क्षण सम्झिँदै भने, ‘तर मैले मेरो हात भाँचिएको सुनाउने बित्तिकै खेल छाडेर हार स्वीकार्र्नुुपथ्र्यो वा मेरो प्रतिद्वन्द्वीले थाहा पाएको भए मेरो हातलाई केन्द्रमा राखेर प्रहार गरेपछि म खेल्नै सक्दिन थिएँ।’

दश वर्षदेखिको विश्वविजेता बन्ने लक्ष्य पूरा नहुने जब उनले सम्झिए, त्यसपछि ‘गिभ अप’ गरेनन्। अनि बक्सिङभन्दा बढी लात्ती, कुहिना र घुँडाको प्रहार गर्दै प्रतिद्वन्द्वीसँग फाइनल राउण्डसम्म भिडे्। यो त्यही दायाँ हात हो, जो मुवा थाईकै प्रतियोगितामा तेस्रोपटक भाँचिएको थियो।

सिस्नेरी टु वर्ल्ड च्याम्पियन
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३, सिस्नेरीस्थित देवीटार गाउँ। जहाँ पाँच घर दलित, तीन घर मगर र ६० घर जति क्षेत्री ब्राह्मण समुदायको बस्ती छ। त्यही गाउँका खड्गबहादुर र फूलमायाको तीन भाइ र एक बहिनी छोरीमध्येको जेठो हुनु गुणराज। नुन र चामल बोक्न पाँच घण्टा पैदल हिँडेर घुर्मी बजार पुग्नुपर्ने। ‘अझ बुबाआमाले दुईदिनको पैदल बाटो कटारी पुगेर नुन ल्याउनुहुन्थ्यो रे, बाल उमेरमा यस्तो सुन्दा मलाई कथा सुनेजस्तै लाग्थ्यो’, गुणराजले बाल्यकाल सम्झिँदै भने।

दलित समुदायलाई अझै उच्च जात भनाउँदाले हेर्ने दृष्टिकोण कहाँ बदलिएको छ र ? कहीँ खेतालो, गोठालो, बजार जाँदा नजानिँदो ढङ्गले हेपिएको महसुस गुणराजलाई हुन्थ्यो। तर, आफूलाई हेपेको मात्र नभई अरुलाई हेपेको पनि देख्न नसक्ने उनमा विद्रोही स्वभाव थियो। प्रतिवादमा उत्रिनु गुणराजको नानीदेखिको बानी हो।

स्कुल बाहेकका समय गोरु, बाख्रा चराउन कहिले खोला किनार त कहिले जङ्गलतिर सुसेल्दै हिँडेको त्यो स्वर्णिम बाल्यकाल अझै उनको मानसपटलमा झल्झली आउँछन्। छुट्टीको दिन घाँस, दाउरा जानुपर्ने नियमित तालिका छँदैछ।

सामान्य लेखपढ गरेका खड्गबहादुर र फूलमायाले दुःखै किन नहोस् छोरालाई सरकारी जागीरे बनाउने सपना देखे। छोराले २०६४ मा गाउँकै कालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गर्ने बित्तिकै १८ महिने ‘कम्युनिटी मेडिसिन असिसटेन्ट’ (सिएमए) पढाउन सदरमुकामस्थित हिमालयन पारामेडिकल शिक्षालय पठाए।

देशले प्राप्त गरेको हालसम्मकै ठूलो सफलता थियो त्यो। जब विश्वविजेताको पेटी (बेल्ट) गुणराजको कम्मरमा बाँधियो। गुणराज एकछिन भावुक भए। आँखाहरू रसाए। सपना पूरा भएकामा उनी रोमाञ्चित भए। मन भने वहलिँदै त्यही देवीटार गाउँ पुग्यो।

गुणराजले पनि बुवाआमाको सपना पूरा गर्न सिएमए पढे्। सिएमए उत्तीर्ण गरेपछि बाँकी रह्यो अहेबको परीक्षाको तयारी। त्यसका लागि लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने। तयारीस्वरुप किताब किनेर ल्याए। किताब पढ्न थालेको दोस्रो दिन मात्रै भएको थियो। रेडियोमा अचानक गाउँपालिकाको केन्द्र मूलखर्कमा कराँते तालिम सञ्चालन हुने सूचना उनको कानमा ठोक्कियो।

रेडियोमा सूचना पुरा बज्न नपाउँदै गुणराजले बन्द गरेको अहेबका लागि लोकसेवा तयारीसम्बन्धी पुस्तक त्यसपछि कहिल्यै खुलेन। कराँते सिकेरै छाड्ने छोराको जिद्दी सामू बाउआमाको केही लागेन। गाउँदेखि उकालैउकालो दौडिँदा दुई घण्टामा पुगिन्थ्यो मूलखर्क। छ बजेदेखि सुरु हुने करााते प्रशिक्षणमा सहभागी हुन गुणराज बिहान ४ बजे घरबाट हिँडिसक्र्थे। पुष–माघको चिसो ठिही र लामो रात। गाउँदेखि माथि रहेको दमार जङ्गल अँध्यारोमै कट्नुपथ्र्यो। तैपनि मनमा कुनै डर थिएन। थियो त एकमात्र कराँतेको गुरु बन्ने लक्ष्य।

तीन घण्टाको प्रशिक्षण सकेर फर्किँदा १० बज्थ्यो। त्यसपछि फेरी घरको काम गर्नुपथ्र्यो। तर त्यो कराँते प्रशिक्षण विविध कारणले तीन महिनाभन्दा बढी सञ्चालन हुन सकेन। गुणराजको खेलाडी बन्ने सपना अधुरै रह्यो। उनी २०६९ असार १५ गते नेपाली सेनामा भर्ती भए। बाँकी सपना पूरा गर्ने माध्यम उनले नेपाली सेनालाई बनाउने सोचे।

सेनाको तालिममै मार्सल आटर््स विधाअन्तर्गतका विभिन्न खेलहरु अनिवार्य सिक्नुपथ्र्यो। तर त्यो आधारभूत किसिमको मात्र हुन्थ्यो। त्यसअन्तर्गत पनि गुणराजले मुवा थाई रोजे। मुवा थाईमा उनको लगाव यति धेरै देखियो कि नेपाली सेनाले उनलाई त्रिभुवन आर्मी क्लबमा आबद्ध गरायो। अनि पूर्णकालीन मुवा थाई खेलाडी बने। अहिले नेपाली सेनाको अमलदार पदमा छन् रुचाल।

निरन्तरको मेहनत र लगावले गर्दा उनले विस्तारै मुवा थाईमा सफलता प्राप्त गर्न सुरु गरे। उनले २०७६ सालमा काठमाडौँमा आयोजित ‘बेल्ट च्याम्पियनसिप’को राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे भने २०७७ मा चितवनमा भएको ‘टप फाइभ’ मुवा थाई प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गरे।

विसं २०७४ माघ २८ मा चितवनमा भएको तेस्रो इन्डो–नेपाल प्रतियोगितामा पनि स्वर्ण पदक हात पारे र जितलाई निरन्तरता दिँदै २०७९ सालको चौथो इन्डो–नेपाल प्रतियोगितामा स्वर्ण पदक आफ्नै कब्जामा राखे। विसं २०७९ को आठौँ इन्डो–नेपाल मुवाथाई प्रतियोगितामा स्वर्ण जितेर इन्डो–नेपाल प्रतियोगितामै तीनवटा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी बने।

मुवा थाईको अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा पनि उनको वर्चस्व कायम छ। विसं २०७५ असोजमा नेपालमै आयोजित तेस्रो केब्याक इन्टरनेशनल मुवा थाई प्रतियोगितामा स्वर्ण पदक जितेका उनले २०७६ भदौमा थाइल्याण्डमा सम्पन्न जेएफ बक्सिङ फाइट प्रोमोसनमा इटालीका खेलाडीलाई नकआउट गर्दै विजयी भएको थियो। विसं २०७९ मा थाइल्याण्डको बैंककमा भएको फेयरटेक्स फाइटमा म्यानमारका खेलाडीलाई पराजित गर्दै रुचाल विजयी भयो।

यसैबीचमा रुचालको विश्व च्याम्पियनसिप यात्रा सुरु भइसकेको थियो। विसं २०७९ मा थाइल्यान्डको पतायामा आयोजित १७ औँ अम्याचुअर एण्ड प्रो–एम वर्ल्ड मुवा थाई च्याम्पियनसिप २०२२ मा कास्य पदक प्राप्त गरे। त्यो मङ्सिरको कुरा हो। त्यही सालको चैतमा थाइल्याण्डमै सम्पन्न १८औँ अम्याचुअर एण्ड प्रो–एम वर्ल्ड मुवा थाई च्याम्पियनसिप २०२३ मा पुनः दोस्रो पटक कास्य पदकमा चित्त बुझाउनुप¥यो। दुईपटक कास्य पदक प्राप्त गरेपछि पनि विजेता बन्ने अठोटबाट गुणराज पछि हटे्नन्।

त्यसपछिको तयारी यति मेहनतका साथ गरे कि त्यो लक्ष्य पूरा गर्न एकवर्ष पनि कुर्नु परेन। विसं २०८० फागुन २९ देखि चैत ६ गतेसम्म थाइल्याण्डमा सम्पन्न १९औँ अम्याचुअर एण्ड प्रो–एम वर्ल्ड मुवा थाई च्याम्पियनसिप २०२४ मा विश्व विजेता हुन सफल भयो। मुवा थाई खेल विधाअन्तर्गत उनले प्राप्त गरेको यो उपाधि नेपालका लागि हालसम्मकै ठूलो हो।

उनले मुवा थाई विधामा सातवटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पराजय भोगेका छन्। तर पनि पराजय नै विजयको पहिलो आधार मानेर निरन्तर अभ्यास गर्ने बानीले उनलाई सफलताको बाटोमा डो¥याइरहेको छ। नेपाल राष्ट्रिय मुवाथाई सङ्घले उनलाई सन् २०१६, २०१८ र २०२२ मा तीनपटक मुवाथाईको उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरिसकेको छ।

के हो मुवा थाई ?
मार्सल आर्टअन्तर्गतकै एक खेल विधा हो मुवा थाई। ‘द आर्ट अफ एट लिम्बस्’ अर्थात दुवै कुहिना र दुवै घुँडा, दुवै बक्सिङ र दुवै किक गरेर आठ वटा भागले आफ्नो प्रतिस्पर्धीमाथी नियममा रहेर आक्रमण गर्न पाइन्छ।

यो थाइल्यान्डको राष्ट्रिय खेल पनि हो। त्यसो त यसको इतिहास जान्नलाई १३ औँ शताब्दीतिर थाइल्यान्ड सुखोथाई राज्यको बेलासम्म पुग्नुपर्ने हुन्छ। पहिलो थाई सेना जसले राज्यको सुरक्षा गर्न यो युद्धकलाको विकास गरे र उनले आफ्नो सेना तथा गैरसेनालाई यो कला सिकाए। मार्सल आर्ट अन्तर्गतकै यो कलालाई पछि मुवा बोरन र मुवा थाई नामाकरण गरियो।

मुवाको खास अर्थ बक्सिङ हो। मुवा थाई भन्नाले थाई बक्सिङ भन्ने बुझिन्छ। सुरुमा मुवा थाई खेलाडीले हातमा डोरीले बाँधेर बक्सिङ खेल्ने गर्थे। २० औँ शताब्दीको सुरुआतपछि यो खेल ब्रिटिस बक्सिङबाट प्रभावित भएर आधुनिकीकरणतर्फ लाग्यो र पछि हातमा पञ्जा लगाएर खेल्न थालियो। नेपालमा मुवाथाई खेलले सन् २०१० मा मान्यता पाएको हो। नेपाल राष्ट्रिय मुवाथाई सङ्घ सन् २०१२ मा दर्ता भयो।

गुणराजका प्रशिक्षक तथा नेपाल राष्ट्रिय मुवा थाई सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका गणेशलाल कक्षपति गुणराज पछिल्लो समय व्यावसायिक खेलाडीको रुपमा परिचित भइसकेको बताउँछन्। ‘उसले खेलेको धेरै लामो समय पनि भयो। अब एउटा ठूलै प्रतिस्पर्धामा उसलाई सहभागी गराउनुपर्छ भन्ने तयारी छ हाम्रो’, उनले भने, ‘उसले लामै समय थाइल्यान्डमा तालिम पनि गरिसक्यो। १० पटक त थाइल्याण्डमै खेल्न गइसक्यो। अरु पनि राम्रा खेलाडी थिए तर उनीहरुले निरन्तरता दिन सकेनन्। गुणराजले निरन्तर मेहनत गरेकोले राम्रो छ। अहिले टपमै छ।’

मुवाथाई अहिले मार्शल आर्ट खेलअन्तर्गत उत्कृष्ट विधाको रुपमा स्थापित भएको कक्षपतिको भनाइ छ। ‘नेपाली सेनाको विशेष फोर्स, रेन्जर र सशस्त्र प्रहरीमा पनि यो खेल समावेश गरेको छ। यो व्यावसायिक रुपमा उदाएको खेल हो। नेपालमै चार हजारसम्मको टिकट काटेर यो खेल हेर्ने दर्शक छन्’, उनले भने। चितवनको राइनोलगायतका दर्जनौँ क्लब व्यावसायिक क्लबहरुले यो खेल खेलाउने गरेका छन्।

गुणराजको अन्तिम लक्ष्य भनेको ‘वान च्याम्पियनसिप’ सम्म पुग्नेछ। ‘वान च्याम्पियनसिप’ मार्शल आर्टसँग सम्बन्धित प्रतिस्पर्धा हुने संसारकै एक ठूलो ‘प्लेटफर्म’ हो। यो प्रतियोगिता संसारको एक सय ९० भन्दा बढी देशको टेलिभिजन च्यानलहरुमा प्रत्यक्ष हेर्न पाइन्छ। सिंगापुरमा मुख्यालय रहेको ‘वान च्याम्पियनसिप’मा गुणराजले आफ्नो प्रोफाइल पेस गरिसकेका छन्। मुवा थाई विधामा उक्त प्लेटफर्मका लागि छनोट हुनु नेपाली खेलाडीका लागि फलामको चिउरा चपाउनु सरह छ। यद्यपी कुनैदिन त्यहाँसम्म पुग्ने उनको सपनामा तगारो भने लागिसकेको छैन। उनको ‘आइडल’ खेलाडी बुवाक बान्चामेक हो। जो थाइ फाइटर हुन्। बान्चामेक ‘वान च्याम्पियनसिप’लगायतका विश्व चर्चित मार्शल आर्ट प्रतियोगिताका ‘नम्बर वान’ खेलाडी हुन्।

गुणराजलाई उनका बुबाआमाले यो कुटपिट गर्ने खालको खेल छाड्न सुझाव दिएको छ। ‘जति गरिस् त्यसले हाम्रो इज्जत राखिस् हामी खुसी छौँ, अब भने यो छाड भन्नुहुन्छ बुवाआमा’, गुणराजले भने, ‘तर मलाई अहिले नै यो खेल छोड्ने इच्छा छैन।’ नेपालमा अझै मुवा थाई खेलेरै व्यावसायिक बन्ने अवस्था छैन। अन्तर्राष्ट्रिय चर्चित प्रतियोगितामा सहभागी हुनसके मात्र दाम कमाउन सकिने उनको भनाइ छ।

संसारमा मार्सल आर्टका चर्चित खेलाडी हङकङ ब्रुस ली हुन् या अमेरिकाका बक्सर मुहम्मद अलि जसले ‘फाइट’ खेलेरै आफू मात्र प्रसिद्ध भएनन्, देशलाई समेत चिनाए। यसरी नै गुणराजले पनि देशको प्रतिनिधित्व गर्दै कुनै दिन नेपाललाई चिनाउने सपना बोकेका छन्। भन्छन्, ‘मेरो रगतमा मुवा थाई छ, मैले खेल्दा देशकै लागि खेल्नेछु।’

प्रकाशित: २०८१ असार २० गते बिहिबार ०१:२५
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना