राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ।
ढकालले पार्टीको अवस्थाबारे जनताको मत संकलन गर्दै समीक्षा प्रतिवेदन तयार पारेका थिए।
रास्वपा नेता मनिष झाले सार्वजनिक गरेको प्रतिवेदन ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठ पन्नामा तयार पारिएको छ।
अहिलेकै अवस्थामा पार्टी चलिरहे आउँदो चुनावमा पार्टी विघटन हुने विषय समेटिएको प्रतिवेदन तयार गरेपछि रास्वपामा भाँडभैलो मच्चिएको थियो।
यो प्रतिवेदन सार्वजनिक नहुँदै रास्वपाले उनलाई कारबाही गर्ने प्रक्रिया सुरु गरी निलम्बनमा राखिसकेको छ।
प्रतिवेदन रास्वपाको नभएर ढकालको मात्र भएको बताइएको छ।
उक्त प्रतिवेदन ‘निराशाको पोको’ मात्र भएको रवि लामिछाने पक्षधरको टिप्पणी छ।
