२०८३ कार्तिक १२ गते बुधबार

बेलायती सत्तारुढको लज्जास्पद हार, प्रधानमन्त्री बन्दै लेबरका स्टार्मर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २१
starmer

लन्डन- बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ। लेबर पार्टीले सरकार बनाउन आवश्यक ३ सय २६ सिटको आँकडा पार गरेको छ।

किअर स्टारमरको नेतृत्वमा लेबर पार्टी १९९७ पछिकै सबैभन्दा ठूलो विजयतर्फ अघि बढेको हो।

लेबरले हालसम्म ४१० सिट जितिसकेको छ भने वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले ११९ सिट मात्र जित्न सफल भएको छ। यद्यपि थप ६ सिटको नतिजा आउन बाँकी छ।

अघिल्लो चुनावमा भन्दा यसपालि लेबरले थप २०९ सिटमा जित हासिल गरेको छ। कन्जरभेटिभले २४८ सिट गुमाएको छ।

योसँगै लेबर पार्टीका कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ। स्टार्मर सन् २०२० मा जेरेमी कोर्बिनलाई पछि पार्दै लेबर पार्टीका नेता चुनिएका थिए।

एक्जिट पोलले बेलायतका कुल ६५० सिटमध्ये लेबरले ४१० सिट जित्ने देखाएको थियो। कन्जरभेटिभ पार्टीले १३१ सिटमा अग्रता लिने बताएको थियो। तर यो सिट पनि पुर्‍याउन उसलाई मुस्किल परिरहेको छ।

कन्जरभेटिभ पार्टीले १३१ सिट नपुर्याउने भएकाले यो उसका लागि अहिलेसम्मकै सबैभन्दा नराम्रो हार भएको छ।

सन् २०१९मा कन्जरभेटिभ पार्टीले ६५० सिटमध्ये ३६४ सिट जितेको थियो। उक्त पार्टीबाट बोरिस जोनसन प्रधानमन्त्री बने। उनले अघिल्लो पटकको भन्दा ४७ सिट बढाएका थिए। तर यसपटक अवस्था ठिक उल्टो बन्यो।

२०१९ को चुनावमा विपक्षी लेबर पार्टीको सिट संख्या घटेको थियो।

यसपालि कियर स्टारर कम्तीमा पनि ४१० लेबर सांसदहरूका साथ प्रधानमन्त्री बन्नेछन्। यो जित टोनी ब्लेयरको सन् १९९७ को ऐतिहासिक जितभन्दा थोरै मात्र कम हो।

लेबर पार्टीले ३० वर्षअघि अर्थात १९९७ मा अहिलेसम्मकै ठूलो जित हासिल गरेको थियो। तत्कालीन लेबर पार्टीका नेता टोनी ब्लेयर थिए र ४१९ सिट जितेका थिए भने कन्जरभेटिभहरू १६५ सिटमा सीमित थिए।

यस चुनावमा तेस्रो स्थानमा लिबरल डेमोक्र्याट छ। जसले ७१ सिटमा जित हासिल गरेको छ।

चुनावमा आफ्नो दलले लज्जास्पद हार खेपेपछि बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले राजीनामा दिएका छन्।

उनले लेबर नेता कियर स्टाररलाई विजयी भएकोमा बधाई पनि दिएका छन्।

उनले भने, ‘बेलायतका जनताले सम्मानजनक फैसला दिएका छन्। धेरै धेरै सिक्न आवश्यक छ। म हारको जिम्मेवारी लिन्छु।’

ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिट कायमै राखेका छन्। आफ्नो सिटमा जितेपछि उनले भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। म केयर स्टाररलाई बधाई दिन्छु।’

कन्जरभेटिभ नेताहरूले चुनावमा कमजोर प्रदर्शनको लागि आफ्नो पार्टीको खुलेर आलोचना गरिरहेका छन्।

४४ वर्षीय ऋषि सुनक सन् २०२२ को अक्टोबरमा बेलायतको प्रधानमन्त्री बनेका थिए। ऋषिका आमाबाबु भारतीय मूलका हुन् र उनी बेलायतको पहिलो गैर-गोरा प्रधानमन्त्री बनेका थिए।

–बीबीसीको सहयोगमा

प्रकाशित: २०८१ असार २१ गते शुक्रबार ०१:१६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना