२०८३ साउन १३ गते बुधबार

प्रचण्डलाई ७ दिन पनि ‘टिक्न’ मुस्किल, कर्मचारीले खोज्न थाले नैतिकता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
prachanda_sad

काठमाडौँ- प्रतिनिधि सभामा बहुमत गुमाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले भनेजसरी सरकार चलाउन संकट देखा पर्न थालेको छ। सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्डलाई आफूले चाहेका निर्णय गर्न असहज परिस्थिति सिर्जना भएको हो।

असार २८ गते विश्वासको मत लिने तयारीमा रहेका प्रचण्डले त्यसअघि नै केही निर्णय गर्न चाहेका थिए। जाँदाजाँदै आफ्नो स्वार्थसिद्ध हुने दीर्घकालीन प्रकृतिका निर्णय गर्न प्रचण्ड उद्यत हुन थालेपछि त्यसमा कर्मचारीतन्त्रले लगाम लगाएको हो।

प्रचण्ड सरकार कामचलाउ बनिसकेको र विश्वासको मत पाउने आधार पनि नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्ने पक्षमा कर्मचारीहरू देखिएका हुन्। अधिकांश मन्त्रालयका सचिवहरूले बहुमतको हैसियत गुमाएको सरकारले दीर्घकालीन निर्णय गरे नयाँ आउने सरकारले त्यसलाई उल्ट्याइदिने सम्भावना हुने भन्दै मन्त्रीहरूलाई दीर्घकालीन निर्णय नगर्न सुझाव दिइरहेका छन्। तर मन्त्रीको जोडबलमा त्यस्ता निर्णय आए प्रमाणीकरण नगर्ने पनि सचिवहरूको तयारी छ।

मन्त्री र सरकारले गर्ने जुनसुकै निर्णय पनि परिपक्व हुनुपर्ने भन्दै सचिवहरूले त्यसलाई भरसक रोक्का गर्ने मनसाय बनाएका हुन्।

निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले दीर्घकालीन असर पर्ने कुनै पनि प्रस्ताव मन्त्रिपरिषदमा नलैजान उपयुक्त हुने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकी छन्। मुख्यसचिवले प्रमाणीकरण नगरेका निर्णयले वैधता नपाउने र कार्यान्वयन पनि हुने अवस्था रहँदैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय स्रोतका अनुसार दीर्घकालीन असर पर्ने निर्णय गर्दा अपरिपक्व हुने गरी गर्न नहुने भन्दै प्रधानमन्त्रीलाई त्यस्ता निर्णय नगर्न घुमाउरो पारामा दबाब नै दिएकी छन्।

‘सरकारले गरेका निर्णय परिपक्व हुनुपर्छ। परिपक्व परिस्थितिमा गरिएको निर्णय कार्यान्वयन गर्न पनि सहज हुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारी भन्छन्, ‘प्रधानमन्त्री कामचलाउ अवस्थामा पुगिसकेको र विश्वासको मत आर्जन गर्ने सम्भावना पनि कम देखिएकाले त्यसलाई विचार गरेरै कर्मचारी संयन्त्रले काम गर्ने हो।’

मन्त्री र सरकारले गर्ने जुनसुकै निर्णय पनि परिपक्व हुनुपर्ने भन्दै सचिवहरूले त्यसलाई भरसक रोक्का गर्ने मनसाय बनाएका हुन्।

असार १७ गते एमालेले कांग्रेससँग सहकार्य गरी नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रचण्ड सरकारले विश्वास गुमाएको हो। प्रतिनिधि सभाका दुई दल मिलेर नयाँ सरकार बनाउने भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले गरेको निर्णय शिक्षा सचिव डा दीपक काफ्लेले मन्त्रालयको बेबसाइटबाट सार्वजनिक गर्न रोकिदिएका छन्।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज कानुन विपरीत चलेको भन्दै ती कलेजमा विद्यार्थी भर्ना नगर्न अभिभावककलाई आग्रह गर्ने मन्त्रीको निर्णय थियो। मन्त्रीको उक्त निर्णय कमजोर भएको भन्दै सचिव दीपक काफ्लेले असन्तुष्टि जनाएका थिए।

कानुनविपरीत चलेका कलेजलाई कानुनी दायरामा ल्याउने दायित्व सरकारको हुने तर अभिभावकलाई मात्र आग्रह गर्ने, कलेज सञ्चालन गर्न र कानुनी दायरामा ल्याउन पहल नगर्ने कामले नकारात्मक सन्देश जाने भन्दै काफ्लेले मन्त्री सुमनाको निर्णयमा असन्तुष्टि जनाएका थिए।

सचिव काफ्लेको आशय बुझेका कर्मचारले उक्त सूचना मन्त्रालयको वेबसाइटबाट सार्वजनिक गर्न मानेनन्। मन्त्रीको निर्णय सार्वजनिक नभएको भन्दै मन्त्रीले असन्तुष्ट व्यक्त गरिन्। दुई दिनसम्म पनि कर्मचारीले मन्त्रीको आदेश पालना नगरेपछि मन्त्री सुमनाको सचिवालयले ह्वाट्स एप ग्रुपबाट उक्त सूचना सार्वजनिक गरेको छ।

उता नयाँ सरकार बनाउन तम्तयार भएर बसेका कांग्रेस र एमालेले पनि दीर्घकालीन असर गर्ने निर्णय नगर्न प्रधानमन्त्री दाहाललाई सचेत गराइसकेका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा यतिबेला प्रचण्डको पक्षमा ६३ सांसद मात्र छन्। माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० जनाले प्रचण्ड सरकारको समर्थन गरिहरेका छन्। २८ गते विश्वासको मत लिने दिनसम्ममा प्रचण्डले कम्तीमा १३७ सांसदलाई आफ्नो पक्षमा उभ्याउन सके उनी सरकारमा निरन्तर रहनेछन्। तर उक्त काम प्रचण्डका लागि असम्भवप्राय: छ।

प्रकाशित: २०८१ असार २३ गते आईतबार ०८:२६
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना