उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान भएको खेलमा उपाधि दाबेदार मानिएको ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे अन्तिम ४ मा प्रवेश गरेको हो।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
७१औँ मिनेटमा ब्राजिलका रोड्रिगोलाई फउल गरेपछि उरुग्वेका नान्डेजले रेडकार्ड पाएका थिए।
उरुग्वेले फाइनल प्रवेशका लागि आगामी बुधबार कोलम्बियाको सामना गर्नुपर्ने छ।
हारसँग प्रतियोगिताबाट ब्राजिल बाहिरिएको छ।
यस्तै, क्यानडाले साबिक विजेता अर्जेन्टिनाको सामना गर्नेछ।


