२०८३ कार्तिक १२ गते बुधबार

ताराखोलामा असारेको रमझम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३०
drytre

गण्डकी- मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ।

बर्सेनि असारको तेस्रो मङ्गलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ।‘ असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला हो। रैथाने मेला असारेलाई खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देवीदेवता पूज्ने पर्वका रुपमा लिइन्छ।

मेला आयोजक असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकाले असारे मेलाका अवसरमा विविध सांस्कृतिक कार्यक्रम र खेल प्रतियोगिता राखिएको जानकारी दिए। मौलिक गीतनाच र झाँकी मेलाका विशेष आकर्षण हुन्। मेलामा पुरुष तथा महिला भलिबल, प्रौढ पुरुष भलिबल, धनुषवाण, स्लो बाइक रेस, भाले छुने, रस्साकस्सी, छेलो, सामूहिक नृत्यलगायतका प्रतियोगिता सञ्चालन भइरहेको क्लबले जनाएको छ।

नयाँ पुस्ताले ‘असारे मेला’का रुपमा संस्कृतिको जगेर्ना गरेपनि जनबोलीमा भने ‘‘असारे’ भनेर प्रचलित रहेको अध्यक्ष रोकाले बताए। बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको मगर समुदायका बूढापाका बताउँछन्। आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ सुरु भएको विश्वास गरिन्छ। संस्कृतिकर्मी झकबहादुर घर्तीका अनुसार डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेका थिए।

असारको उजेली पक्ष पारेर असार मनाउने परम्परा रहेको उनको भनाइ छ। मेलाका अवसरमा पूजाआजासहित बली पनि चढाउने गरिन्छ। अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मङ्गलबार (असारेको पहिलो दिन) बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन छ। असारेलाई साँचेर कुल घरमा राखिएको जमरालाई त्यही पिङ्मा चढाउने र बाचा बाँध्ने गरिएको संस्कृतिकर्मी घर्तीले बताए। यसपालिको असारे मेला सोमबारसम्म चल्ने क्लबका अध्यक्ष रोकाले बताए।

भलिबलको फाइनल स्पर्धासहित समापन समारोह आयोजना गरी यस वर्षको असारेलाई बिदाइ गरिने उनले सुनाए। गाउँलेले उक्त मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन्। असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ। वर्षात्मा बाढीपहिराजस्ता प्रकोप नहोस्, रोगव्यादी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृति पूज्ने चलन रहेको संस्कृतिकर्मी घर्तीले बताए। मुखियाको घर (हेम्थो घर)को बारीमा रहेको थानमा राँगाको बली दिने गरिएको उनको भनाइ।

‘पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुङ्गामा बली चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ’, उनले भने। विसं १७६६÷०६७ तिर डोल्पाबाट बसाइँ सरेर आएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका–४ र ५ मा असारे विशेष रुपमा मनाइन्छ। बली र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरेपनि मेला भने ५ को करिमेलामा चल्छ । असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन्।

बर्खे झरीकोसमेत पर्वाह नगरी मानिसहरु हर्षोल्लासपूर्वक असारेमा रमाउँछन्। तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा साँस्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजना हुने क्लबले जनाएको छ।

तीन सय वर्षअघिदेखि असारेको थिती बसेको स्थानीयवासीको विश्वास छ। असारे ताराखोलाको ऐतिहासिक र साँस्कृतिक महत्वको मेला भएको ताराखोला गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्तीले बताए। मेलामा युवायुवती पिङ खेल्ने, मिठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन्।

खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमासमेत असारे मेलालाई लिइन्छ। पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ। धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो। मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ। मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन्।

तराखोला गाउँपालिका–२ अर्गल, वडा नं. ३ हिल, वडा नं. १ अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला आयोजना गर्ने गरिएको छ। हिलमा साउने सङ्क्रान्तिमा मेला लाग्छ। पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले ताराखोलाका विभिन्न गाउँमा गाउँमा मेलापर्वको चलन बसालेका हुन्। भदौरे सिस्नो खोस्ने पर्व, कात्तिकको भुस पोल्ने पर्व, माघे सङ्क्रान्ति, श्रीपञ्चमीलगायत पर्वलाई ताराखोलाका मगर समुदायले विशेष रुपमा मान्दै आएको छन्।

प्रकाशित: २०८१ असार ३० गते आईतबार ०९:४१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना