सुर्खेत- कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
बिहीबार कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
मुख्यमन्त्री कँडेलका नाममा कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान) र संघीय राजधानी काठमाडौँ (कागेश्वरी मनोहरा नगरपालिका-६) मा गरी दुई वटा घर रहेको विवरणमा उल्लेख छ।
सुर्खेतको घरलाई उनले पुर्ख्यौली भनेका छन् काठमाडौँमा आफ्नो, श्रीमती र छोरीको पारिश्रमिकबाट किनेको उल्लेख गरेका छन्। काठमाडौँको घर पत्नी गीता अधिकारीका नाममा दर्ता छ।
काठमाडौंको मूलपानीमा थप एक घडेरी भएका कँडेलका नाममा सुर्खेतको वीरेन्द्रनगरमा ४ वटा घडेरी छन्।
मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ।
कँडेलले राष्ट्रिय वाणिज्य बैङ्कबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख छ।
कँडेलको सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।


