काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्की भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रसंशनीय छ। यो प्रकरणको अनुसन्धानका क्रममा ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै गएको बताएका थापाले यो घटना मात्र नभएर प्रवृत्ति भएको बताएका छन्।
‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ,’ उनले भनेका छन्, ‘यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।’
यो प्रकरणमा प्रहरीले एमाले सचिव टोपबहादुर रायामाझी, उनका छोरा, नेपाल सरकारका सचिव टोक नारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा, थापा गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका बाउछोरालाई पक्राउ गरेको छ।
