काठमाडौं– निवर्तमान प्रधानमन्त्री पुष्पकमल दहाललाइ विश्वासको मत दिएका तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्। माओबादी, नेकपा एस र रास्वपाले ओलीको विपक्षमा मत दिने निर्णय गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो।
यी तीन दलले यसअघि असार २६ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए। तर दाहालले विश्वासको मत पाउन नसकेर पदमुक्त बने।
प्रचण्डलाई माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० सांसदले विश्वासको मत दिएका थिए।
यसपछि नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओलीले साउन ६ गते विश्वासको मत लिने तयारी गरेका छन्।
ओली सरकारमा नेपाली कांग्रेस नेकपा एमाले जसपा र लोसपा सहभागी छन्। कांग्रेसका ८८, एमालेका ७७ जसपाका ७ र लोसपाका चार सांसद छन्।


