काठमाडौं– स्मार्टफोन ब्रान्ड सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम-१४ ल्याएको छ। ५० मेगापिक्सेको तीन क्यामेरासहितको मोबाइलमा फाइभजी सिम चलाउन सकिने कम्पनीले जानकारी दिएको छ।
६ हजार एमएएच ब्याट्रीका साथ ग्यालेक्सी एम १४ बाट कम प्रकाशमा पनि उच्च गुणस्तरका फोटो खिच्न सकिने बताइएको छ। सेल्फीका लागि १३ एमपीको फ्रन्ट क्यामेरा रहेको मोबाइलमा २५ वाटको चार्जिङ प्रणालीले मोबाइल चाँडै चार्ज हुन सक्छ।
१२ जिबीसम्म र्याम क्षमता बढाउन सकिने यो मोबाइलमा १२८ जिबी इन्टरनल मेमोरी छ। यसको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ राखिएको छ।


