काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगीलाई कारबाही गर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँग विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले यस्तो बताएका हुन्।
कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका दोषीउपर पनि कारबाही गरिने उनको भनाइ छ।
‘भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान हुन्छ। कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौँ,’ उनले भने, ‘भ्रष्टाचारी एक दिन कानूनको कठघरमा पुग्छन् भन्ने स्थापित गराउँछौँ। जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौँ।’


