२०८३ कार्तिक १२ गते बुधबार

विमान दुर्घटना : २०१२ देखि बुधबारसम्म १०८ दुर्घटना, ९६९ ले ज्यान गुमाए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १०
TIA_SAURYA_ACCIDENT (4)

काठमाडौँ- नेपालमा वि.स. २०१२ बाट हवाई दुर्घटना हुने गरेको इतिहास पाइन्छ। विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो। नेपालको हवाई उड्डयन इतिहासमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनासहित हवाई दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ।

विस.स. २०१२ मा भएको पहिलो विमान दुर्घटनामा परी २ जनाको ज्यान गएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिकतर्फको व्यावसायिक उडानमा बुधबार भएको दुर्घटनासहित ९६९ जनाले ज्यान गुमाइसकेका छन्।

प्राधिकरणको तथ्याङ्क अनुसार मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको तथ्याङ्कमा हालसम्म मानवीय क्षति भएको दुर्घटनामा कुनै पनि पाइलट बाँच्न सफल भएको रेकर्ड छैन। यसबाट नेपाली आकाशमा उडान भर्ने चालक दल पनि सशङ्कित हुँदै आएका छन्।

जहाज दुर्घटनामा पर्नेवित्तिकै जहाजमा भएको इन्धनका कारण तत्काल आगलागी हुने हुँदा न्यून बाँच्ने सम्भावनाबिच ठुलो दुर्घटनामा परेको सौर्य एयरलायन्सका चालक शाक्य भाग्यले बाँचेका पहिलो व्यक्ति हुन्।

प्राधिकरणका अनुसार यातायातका साधनमध्ये हवाई यातायातलाई सबैभन्दा सुरक्षित, सुलभ र भरपर्दो साधनको रूपमा लिइए पनि हालसम्म नेपालमा एक इन्जिनयुक्त आठ वटा दुर्घटनामा २५ जनाले ज्यान गुमाएका भएका छन् भने हेलिकोप्टरतर्फका ४० बढी दुर्घटनामा ९२ ले ज्यान गुमाएका छन्।

त्यस्तै विदेशी वायुसेवा कम्पनीका १० वटा जहाज दुर्घटनामा ३७५ जनाले ज्यान गुमाएका छन्। आन्तरिकतर्फ उडान गर्ने ५१ वटा जहाज दुर्घटनामा बुधबारको सहित ४६९ जनाले ज्यान गुमाइसकेका छन्।

यसअघि विसं २०७९ माघ १ गते काठमाडौँबाट चार चालक दल र ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यती एयरको एटीआर विमान घटनामा जहाजमा सवार सबैको निधन भएको थियो। उक्त दुर्घटना आन्तरिकतर्फको सबैभन्दा ठुलो दुर्घटना मानिन्छ।

 

यस्ताे छ नेपालमा हवाइ दुर्घटनाका मुख्य श्रृङ्खला

जुलाई २४, २०२४ –काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको विमान काठमाडौँमा दुर्घटना, १८ जनाको मृत्यु, एक जना घाइते

जनवरी १५, २०२३ –काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना, ७२ जनाको मृत्यु

मे २०२२ – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु

अप्रिल २०१९ – सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, ३ जनाको मृत्यु (धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोक्किँदा)

फेब्रुअरी २०१९ – ताप्लेजुङको पाथीभरा नजिक एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु (खराब मौसमका कारण)

सेप्टेम्बर २०१८ – गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटको सीमामा दुर्घटना, एक जापानीसहित ६ जनाको मृत्यु

मार्च २०१८ – बंगलादेशबाट नेपाल आएको युएस–बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु

फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु

मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरिकोटनजिकै दुर्घटनाग्रस्त, ६ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र ५ जना सर्वसाधारण गरी १३ जनाको मृत्यु

जून २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डर्सले चार्टर गरेको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किस एयरको विमान धावन मार्गबाट चिप्लियो, ४ दिन विमानस्थल बन्द

फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना, १८ जनाको मृत्यु

सेप्टेम्बर २०१२ – काठमाडौँबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना, १९ जनाको मृत्यु

मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटना, १९ जनाको मृत्यु

सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाडौँ नजिकै कोत डाँडामा दुर्घटनाग्रस्त, नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु

डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाडौँ उडेको विमान ओखलढुङ्गामा दुर्घटना, २२ जनाको मृत्यु

अगस्ट २०१० – काठमाडौँबाट लुक्लातर्फ उडेको विमान दुर्घटना, १४ जनाको मृत्यु

अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्दै गरेको विमान दुर्घटना, १८ जनाको मृत्यु, एक घाइते

सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना, २४ जनाको मृत्यु, (तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के लगायतको मृत्यु भएको)

प्रकाशित: २०८१ साउन १० गते बिहिबार ०७:०१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना