२०८३ साउन १३ गते बुधबार

तेह्रथुमदेखि मुख्यसचिवसम्म यस्तो छ गड्तौलाको प्रशासन यात्रा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १०
liladevi gadtaula

काठमाडौँ- नेपालको प्रशासनिक इतिहासले पहिलो पटक महिला मुख्यसचिव पाएको छ। पहिलो महिला मुख्यसचिव बन्ने अवसर तेह्रथुममा जमिएकी लिलादेवी गड्तौलाले पाएकी हुन्।

करिब ६ दशक पहिले जन्म लिएकी गड्तौला छोरीलाई शिक्षा दिनु पर्छ भन्ने साेच राख्ने मध्यमस्तरीय परिवारमा हुर्केकी हुन्।

मुख्यसचिवको भूमिकामा १ महिना प्रशासन चलाउने अवसर उनलाई प्राप्त भएको छ। आउने भदौ १५ मा उनी उमेरहदका कारण अनिवार्य अवकास पाउने छिन्। तर, आफूलाई प्राप्त भएको अवधिमा विवादरहित रूपमा काम गर्ने वाचा गरेकी छिन्। उनले आफ्नो कार्यकालमा कर्मचारी प्रशासनलाई चुस्त बनाउनुका साथै सबै कर्मचारीलाई हौसला प्रदान गरेर काम गराउने बताइन्। कर्मचारीहरूको मनोबल बढाउँदै सरकारलाई सहयोग गर्ने उनको इच्छा छ।

सानैदेखि कानुनमा रुची भएका कारण उनले प्रशासनमा पनि कानुनलाई रोजिन्। पढाईमा निरन्तर रुचीका कारण गड्तौलाले राजनीति शास्त्रमा समेत स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन्।

कानुनबाट स्नातकोत्तर गरेकी उनले गत असार १० गते निमित्त सचिवको जिम्मेवारी पाएकी थिइन्। तत्कालीन मुख्यसचिव डा।वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनले उक्त जिम्मेवारी पाएकी थिइन्।

विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरसँगै देशले पहिलो महिला मुख्यसचिव पाएको हो।

उनी २०५२ पुसमा शाखा अधिकृतबाट कानुन सेवामा प्रवेश गरेकी थिइन्। सिंह वाहिनी माध्यमिक विद्यालयमा विद्यालय तहको अध्ययन पुरा गरेकी उनले त्यसपछि नेपाल ल क्याम्पसबाट आइएल र बीएल उत्तीर्ण गरिन्। उनले थप अध्ययनका लागि काठमाडौँ स्कुल अफ ल पुगिन्। उनले त्यहाँबाट ह्यूमन राइट्स एन्ड जेन्डर जष्टिसमा स्नातकोत्तर (एलएलएम) गरिन्। उनले कानुनमा मात्र चित्त बुझाइनन्।

२०६३ कात्तिकमा उपसचिव हुँदै २०७० माघमा सहसचिव बनिन्। त्यसको सात वर्षपछि २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा भइन्। २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव र असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव बनेकी गड्तौला बिहीबारबाट मुख्यसचिव भएकी छन्। उनले देवानी संहिता मस्यौदा कार्यदल सदस्य रहेर काम गरेकी थिइन्। हाल लागू भएको देवानी संहिता निर्माणका क्रममा उनले आफ्नो क्षमता प्रदर्शन गरेकी थिइन्।

करिब १७ वर्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम गरेकी उनले विशेषतः विधेयक मस्यौदामा दक्खल राख्छिन्। उनीसँग गृह मन्त्रालय, जलस्रोत मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव रहेको छ। उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचन अधिकृत भएर काम गरेकी थिइन्।

उनी प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव थिइन्। गड्तौला वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने सूचीमा थिइन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई कामु मुख्यसचिव बनाएको थियो। तत्कालीन सरकारले आफू अनुकूलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म कायम मुकायम मुख्यसचिवको रूपमा उनलाई नियुक्त गरेको थियो। तर वर्तमान सरकारले उनलाई पूर्ण जिम्मेवारी दिएको हो।

उनीभन्दा माथि मुख्य सचिवको लाइनमा तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनारायण अर्याल थिए। तर उनले बाजी मार्न सफल भइन्।

प्रकाशित: २०८१ साउन १० गते बिहिबार ०७:१२
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना