काठमाडौँ- बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या भन्दा बढी मन्त्री नियुक्त भएका छन्।
बागमती प्रदेशमा मुख्यमन्त्रीबाहेक १२ वटा मात्र मन्त्रालय भएपनि मन्त्री भने १३ जनालाई बनाइएको छ। त्यहाँ १४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।
मन्त्रीलाई दिने मन्त्रालय नपुगेपछि मुख्यमन्त्री बहादुरसिंह लामाले एक जनालाई जिम्मेवारी पछि तोक्ने भनेर विना विभागीय मन्त्री बनाएका छन्।
मन्त्रीमा शपथ लिएर पनि मन्त्रालय भने नपाउने नेता बनेका छन् मदुकुमार श्रेष्ठ।
प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापामगर स्वास्थ्य मन्त्रालयमा मन्त्री बनेर गएका छन्।
सिलवाल वन तथा वातावरणमन्त्री बन्दा प्रेमभक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्री बनेका छन्।
शुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय पाउँदा कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन्।
हरिप्रभा खड्गीले सामाजिक विकास मन्त्रालय पाउँदा सुरजचन्द्र लामिछानलेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएँदा मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालय पाए। विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारीमन्त्री बनाइएको छ।
