काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन्।
एमाले-कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिनका लागि आग्रह गर्दै प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका हुन्।
साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्छ।
मुख्यमन्त्रीको पत्रअनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन्।
मुख्यमन्त्रीसहित १३ मन्त्रालय बनाएको बागमती सरकारमा अहिले १४ जना मन्त्री छन्।
लामाले एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री बनाएका छन्।


