२०८३ कार्तिक २२ गते शनिवार

प्राकृतिक प्रकोपको पूर्वतयारी व्यवस्थित छ : गृहमन्त्री लेखक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १४
Ramesh-Lekhak

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपको पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका विषय पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले मनसुनजन्य विपद्बाट यस वर्ष करिब १८ लाख एक हजार जनसङ्ख्या एवं चार लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुनसक्ने, ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने आँकलन गरी विभिन्न कलष्टरको परिचालन गर्ने व्यवस्था भएको बताए।

गृहमन्त्री लेखकले भने, “मनसुनका घटना न्यूनीकरणका सम्बन्धमा मनसुन पूवर्तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ हामीसँग छ। त्यही कार्ययोजनाअनुसार काम गरिरहेका छौँ। विपद् प्रतिकार्यका लागि उपकरण तथा औजार तयारी अवस्थामा छन्।”

यसअघि सदनमा सांसद डा तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्वतयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तुत प्रस्ताव गरेकी थिइन्।

सांसद कार्कीले भने, “विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरण साथै विपद्पछिको पुनःस्थापना तथा व्यवस्थापनसँगसम्बन्धी बृहत् गुरुयोजना बनाउन, क्षतिको जोखिम पूर्वानुमानगरी आमनागरिकलाई सुसूचित गराउने साथै समयमै पुनःस्थापन र प्रतिस्थापन गर्ने÷गराउनेलगायतको कामबारे छलफल गर्न अतिआवश्यक रहेको हुँदा यो जरुरी महत्त्वको प्रस्ताव पेस गरेको छु।”

उक्त प्रस्तावलाई सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, विन्दवासिनी कांसाकार र निशा डाँगीले समर्थन गरेका थिए।

प्रस्तावमाथिको छलफलमा ठाकुरप्रसाद गैरे, दुर्गा राई, अशोककुमार चौधरी, प्रेम सुवाल, रामप्रकाश चौधरी, शिव नेपाली, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मी तिवारी, विनिता कठायत, सीताकुमारी राना, राजेन्द्रकुमार केसी, विजुला रायमाझी, रामकृष्ण यादव, दामोदर पौडेल वैरागी, प्रतिक्षा तिवारी, नागिना यादव, मनिष झा, दयालबहादुर शाही, सीता मिजार, प्रेमबहादुर महर्जन, जावेदा खातुन जागा, शान्ति विक, सुशीला थिङसमेत गरी २९ जनाले छलफलमा भाग लिएका थिए।

यसअघि सभामुखले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा सभाले स्वीकृत गरेको थियो।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकोमा सभाले अनुमोदन गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक साउन १५ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: २०८१ साउन १४ गते सोमबार ०८:२७
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना