२०८३ कार्तिक १२ गते बुधबार

बङ्गलादेश : विद्यार्थीद्वारा राष्ट्रव्यापी नागरिक अवज्ञाको माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १९
banggaladesh

काठमाडाैँ-  प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन्।

देशव्यापी नागरिक अवज्ञा अभियानका आइतबारदेखि शुरू गर्ने उनीहरूले जनाएका छन्।

गत महिनालाई प्रधानमन्त्री हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा हिंसा भएको महिनाका रूपमा हेरिएको छ। निजामती सेवामा आरक्षणको विरोधमा गरिएको आन्दोलनका क्रममा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ।

केही समयका लागि सैनिक तैनाथीले सुव्यवस्था कायम गरेपनि मुस्लिम बहुल राष्ट्र बङ्गलादेशमा नमाज प्रार्थनापछि ठूलो सङ्ख्यामा भीड सडकमा उत्रिएको थियो र सरकारलाई थप सहुलियतका लागि दबाब दिन विद्यार्थी नेताहरूले अवज्ञा आन्दोलनमा व्यापक सहभागिता जनाउन आग्रह गरेका छन्।

प्रारम्भिक विरोध प्रदर्शनको आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले समर्थक तथा शुभचिन्तकलाई आइतबारदेखि देशव्यापीरूपमा असहयोग आन्दोलन सुरु गर्न आग्रह गरेको हो।

समूहका असिफ महमुदले एएफपीसँग भने, “कर र युटिलिटी बिल नतिर्ने, सरकारी कर्मचारी पनि हडताल सहभागी हुने र बैङ्कहरूमार्फत विदेशी रेमिटेन्स भुक्तानी रोक्नेजस्ता माग समावेश गरिएको छ।

विद्यार्थीहरूले गत महिना भएको हिंसाका लागि हसिनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र उनका केही मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन्।

उनीहरूले आन्दोलनलाई कारण देखाउँदै सरकारले बन्द गरेका देशभरका विद्यालय र विश्वविद्यालयहरू तत्काल पुनः सञ्चालन गर्नुपर्ने मा जोड दिएका छन्।

प्रधानमन्त्री हसिना सरकारको विरोध गर्दै सडकमा भीड अझै बढेको छ।

शनिबार राजधानी ढाकामा भएको प्रदर्शनहरूमध्ये एक स्थानबाट एएफपीसँग २० वर्षीया निजुम यास्मिनले भने, “हामीलाई यो ‘अधिनायकवादी’ सरकारको खाँचो छैन।”

उनले भने, “के हामीले प्रशासनद्वारा हाम्रा भाइबहिनीहरूलाई गोली हानेर मारेको हेर्न देशलाई स्वतन्त्र बनाएका हौँं?”

यो असहयोग रणनीति सन् १९७१ मा पाकिस्तानविरुद्ध बङ्गलादेशको मुक्ति सङ्ग्रामको क्रममा गरिएको ऐतिहासिक नागरिक अवज्ञा अभियानसँग मेल खान्छ।

उक्त आन्दोलनको नेतृत्व प्रधानमन्त्री हसिनाका पिता शेख मुजिबुर रहमानले गरेका थिए। उनी देशको स्वतन्त्रताका लागि लडेका एक नेता हुन। यसलाई बङ्गलादेशीहरूले निरङ्कुशताविरुद्धको गर्वपूर्ण लडाइँको एक भागको रूपमा सम्झन्छन्।

इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक अली रियाजले एएफपीसँग भने, “अब आन्दोलनको तालिका बदलिएको छ।”

उनले भने, “शासनको जग हल्लिएको छ, अजेयताको आभा हराएको छ । के हसिना निकास खोज्न तयार हुनुहुन्छ वा अन्तिमसम्म लड्न तयार हुनुहुन्छ भन्ने सवाल प्रमुख बनेर आएको छ।”

उनका प्रेस सचिव नायमुल इस्लाम खानले एएफपीलाई बताएअनुसार प्रधानमन्त्रीले शनिबार विद्यार्थीहरूको माग सम्बोधन गर्न ‘बिनाशर्त वार्ता’ गर्ने प्रस्ताव गरेका छन्।

खानले भने, “प्रधानमन्त्री हसिना विद्यार्थीहरूसँग वार्तामा बस्न तयार हुनुहुन्छ। उहाँ थप द्वन्द्व नहोस् भन्ने पक्षमा हुनुहुन्छ।”

महमुदले एएफपीसँग कुरा गर्दै विद्यार्थीहरूले उक्त प्रस्ताव अस्वीकार गरेको बताए।

सन् २००९ देखि बङ्गलादेशमा शासन गर्दै आएकी ७६ वर्षीया हसिनाले गत जनवरीमा भएको निर्वाचनबाट लगातार चौँथो कार्यकालका आफुलाई अनुमोदित गरेका थिए। यद्यपि, निर्वाचनमा वास्तविक विपक्षीहरूको सहभागिता रहेको थिएन।

हसिना सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।

बङ्गलादेशको सर्वोच्च अदालतले आधाभन्दा बढी सरकारी जागिर निश्चित समूहका लागि आरक्षित गरेको कोटा योजनालाई पुनः लागू गरेको विरोधमा जुलाईको सुरुमा प्रदर्शन सुरु भएको थियो।

सरकारी आँकडाअनुसार करिब एक करोड ८० लाख युवा बङ्गलादेशीहरू बेरोजगार छन् र यो कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका स्नातकहरूलाई निराश बनाएको छ।

प्रहरी र सरकार समर्थित विद्यार्थी समूहहरूले प्रदर्शनकारीहरूमाथि आक्रमण नगरेसम्म प्रदर्शनहरू धेरै हदसम्म शान्तिपूर्ण थिए।

सरकारले अन्ततः राष्ट्रव्यापी कफ्र्यू लगायो, सेना परिचालन ग¥यो र देशको मोबाइल इन्टरनेट नेटवर्क ११ दिनका लागि बन्द ग¥यो।

युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले यसै साता ‘प्रदर्शनकारीविरुद्ध अत्यधिक र घातक शक्ति’ को प्रयोग भएको भन्दै अन्तर्राष्ट्रिय छानबिनको माग गरेका थिए।

गृहमन्त्री असदुज्जमान खानले गत साता पत्रकारसँग कुरा गर्दै सुरक्षा फौजले संयमताका साथ काम गरिरहेको तर सरकारी भवनको रक्षाका लागि ‘गोली चलाउन बाध्य भएको’ बताएका थिए।

–३२ बालबालिकाको मृत्यु–

संयुक्त राष्ट्रसङ्घीय (युनिसेफ) का अनुसार बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको छ।

युनिसेफका एक प्रवक्ताका अनुसार मारिएका मध्ये एक जना पाँच वर्षको पनि नभएको बताइएको छ। मारिनेमध्ये अधिकांशले विरोध प्रदर्शन हेरिरहेका थिए।

युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजेसेकराले यसै साता आफ्नो बङ्गलादेश भ्रमणका क्रममा धेरै बालबालिकालाई हिरासतमा राखिएकोबारे आफूलाई जानकारी गराइएको र ३२ बालबालिकाको मृत्यु भएको पुष्टि गरे।

प्रकाशित: २०८१ साउन १९ गते शनिवार ०९:४६
प्रतिक्रिया

थप समाचार

बंगालको खाडीमा चक्रवातको प्रभावः नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

काठमाडौं। बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। मौसमविद् विनोद पोखरेलले सामाजिक...

टीकाको उत्तम साइत १०:२६ बजे, कता फर्किने?

काठमाडौँ: हिन्दूहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष...

महँगीविरुद्ध फ्रान्समा प्रदर्शनी चर्कियो, १२ सय जना पक्राउ

देशभर लाखौँ मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र प्रहरीसँग झडपका घटना भएका छन्।

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

महिलाले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा

काठमाडौं। महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ। एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना