२०८३ कार्तिक १३ गते बिहिबार

दुर्घटनामा परेको सौर्य एयरको ‘ब्ल्याक बक्स’ सिङ्गापुर लगियो, के-के हुन्छ डाटा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
bb

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजको ‘ब्ल्याक बक्स’ परीक्षणका लागि सिङ्गापुर लगिएको छ।

गत साता अठार जनाको ज्यान जानेगरी भएको दुर्घटनापछि सरकारले गठन गरेको दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन आफैँ ब्ल्याक बक्स लिएर सिङ्गापुर पुगेका छन्।

लालले आफू सिङ्गापुरमा रहेको पुष्टि गरे पनि ‘अनुसन्धान जारी भएको विषयमा थप केही पनि बोल्न नमिल्ने’ बताएको बीबीसीले लेखेको छ।

नेपालमा यसअघि भएका विमान दुर्घटनापछि ती विमानका ब्ल्याक बक्सलाई पनि परीक्षणका लागि विदेश लाने गरिएको थियो।

डेढ वर्षअघि ७२ जनाको ज्यान जानेगरी पोखरामा भएको यती एअरलाइन्सको विमानको ब्ल्याक बक्स पनि सिङ्गापुरमा पठाएर परीक्षण गरिएको थियो।

ब्लाक बक्समा हुने ककपिट भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफडीआर) अध्ययनका लागि त्यसलाई सिङ्गापुर पठाइको थियो।

यसपालि पनि सोही प्रयोजनका लागि सौर्य एअरलाइन्सको दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स सिङ्गापुर लगिएको बताइएको छ।

ब्ल्याक बक्स के हो ?
ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ।

ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ।

विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।

हाल सौर्य एअरलाइन्सको जहाज दुर्घटना छानबिन आयोगका अध्यक्ष रहेका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले डेढ वर्षअघि यती एअरलाइन्सको जहाज दुर्घटनालगत्तै बीबीसीसँग ब्ल्याक बक्सलाई किन जहाजको पछिल्लो भागमा राखिन्छ भन्नेबारे बताएका थिए।

त्यसबेला उनले भनेका थिए, “दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ।”

जानकारहरूका अनुसार प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन्। तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन्।

उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्स बनाइएको प्राविधिकहरू बताउँछन्।

फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ। त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो(पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ। तर कतिपय साना विमानमा यो नहुने प्राविधिकहरूको भनाइ छ।

प्राविधिकहरूका अनुसार ककपिट भोइस रेकर्डरमा सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन्छ। यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ।

यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्समेन्टको रेकर्ड हुने गर्छ। दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा सङ्ग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन्।

किन लगियो सिङ्गापुर?
सौर्य एअरलाइन्सको ब्ल्याक बक्सलाई सिङ्गापुर किन लैजानु पर्‍यो भन्नेबारे सरकारी अधिकारीहरू तथा आयोगका पदाधिकारीले ‘अनुसन्धानको क्रममा रहेको विषयमा थप कुराकानी नगर्ने’ बताए।

तर बीबीसीसँग कुरा गरेका डेढ वर्षअघि पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष तथा एकजना उड्डययन प्राविधिकले ब्ल्याक बक्स जाँचका लागि विदेश पठाउनु पर्ने कारणहरू खुलाएका छन्।

यती एअरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष नगेद्रप्रसाद घिमिरेका अनुसार ककपिट भोइस रेकर्डर नेपालमा पनि सुन्न सकिने अवस्था छ।

विमान सेवा सञ्चालकहरूले आफैँले आफ्ना पाइलटहरूको अनुगमनका लागि पनि त्यो राखेका छन्।

‘तर त्यसलाई खोलिसकेपछि कुनै कारणले डेटा उड्यो वा रिकभर गर्नु पर्‍यो भने त्यसलाई ‘रिट्रिभ’ गर्ने विश्वसनीय क्षमता र सुविधासम्पन्न प्रयोगशाला हामीकहाँ छैन,’ उनले भने।

उनका भनाइमा बाहिर पठाउनु पर्ने अर्को कारण भनेको नेपालमा हवाई सुरक्षासम्बन्धी छुट्टै स्वायत्त निकाय र प्रयोगशाला नहुनु पनि हो।

‘त्यस्तो निकाय नहुँदा यहाँ कुनै विमान सेवा सञ्चालक वा अन्यत्र गर्दा स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठ्न सक्छ,’ उनी भन्छन्।

‘यो एकदमै महत्वपूर्ण कुरा हो। सीभीआर र एफडीआर अनुसन्धान सफलतापूर्वक गर्नका लागि सहयोग पुगोस् भनेर नै राखिएको हो। जहाज बनाउनेले पनि त्यो भनेरै राखेको हो।’

अर्को कारण भनेको प्रायः हवाई तथा उड्डययनसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले पनि तेस्रो पक्षबाट फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डरको परीक्षण होस् भन्ने मान्यता राख्ने गरेको जानकारहरूको भनाइ छ।

प्रकाशित: २०८१ साउन २० गते आईतबार ०६:४३
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना