कीर्तिपुरमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा मोहम्मद वासिमले नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन्। उनले ४३ बलमा २ चौका र ५ छक्का हानेर अर्धशतक बनाएका हुन्।
अहिलेसम्म युएईले एक विकेट मात्र गुमाएर ८८ रन बनाएको छ। वासिमले १२२ दशमलव २२ को स्ट्राइक रेटमा ५३ रन बनाएका हुन्। उनलाई भृत्य अरविन्दले साथ दिइरहेका छन्।
बुधबार पिएनजीविरुद्धको खेलमा ११९ रनको शतकीय पारी खेलेका वासिमले आजको खेलमा पनि विस्फोटक ब्याटिङ गरिरहेका छन्।
यता नेपालले भने कमजोर बलिङ सुरु गरेको छ। एक ओभर बलिङ गरेका कुशल मल्लले २२ रन खर्चिएका छन्।
