२०८३ कार्तिक १३ गते बिहिबार

सर्वोच्च अदालतका ५ वर्षयताकै बढी मुद्दा फर्स्योट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
supreme_hammer

काठमाडौँ- सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ४८४ (३९ दशमलव ८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ। विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो।

सो आवमा सर्वोच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ। आव २०७९/८० मा ३० दशमलव १७ प्रतिशत, आव २०७८/७९ मा १९ दशमलव एक प्रतिशत, आव २०७७/७८ मा १५ दशमलव ८२ प्रतिशत र आव २०७६र ७७ मा ३० दशमलव ५१ प्रतिशत मुद्दा फर्स्योट भएको थियो।

सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले सर्वोच्च अदालतमा मुद्दाको फर्स्योट सुधारोन्मुख रहको र सबै मुद्दालाई उत्तिकै प्राथमिकता दिएर छिटो सुनुवाइ गर्ने योजनाका साथ काम गरिरहेको बताए।

‘छिटो मुद्दा फर्स्योट गर्ने न्यायालयको योजना नै रहको छ, तर अदालती प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ’, उनले भने, ‘प्रक्रिया पुर्‍याउँदा कतिपय मुद्दा समयमा फर्स्योट भएको अवस्था पनि छ, न्यायाधीशको सङ्ख्या घट्दै जाँदा पनि असर पर्ने गरेको छ।’

आव २०८०/८१ मा दुई वर्ष नाघेका मुद्दा पनि सर्वोच्चले सबैभन्दा धेरै फर्स्योट गरेको छ। विगत पाँच वर्षको तुलना गर्दा उक्त आवमा दुई वर्ष नाघेका सबैभन्दा बढी मुद्दा आठ हजार एक सय २२ (४० दशमलव ३२) प्रतिशत मुद्दा फर्स्योट गरेको छ। दुई वर्ष नाघेका मुद्दा २० हजार एक सय ४२ रहेकामा १२ हजार २० मुद्दा फर्स्योट गर्न बाँकी रहेको छ।

आव २०७९/८० मा छ हजार आठ सय ९३ (३१ दशमलव २८ प्रतिशत), २०७८/७९ मा चार हजार आठ सय ५५ (२२ दशमलव ५६ प्रतिशत), २०७७/७८ मा दुई हजार तीन सय २६ (११ दशमलव ३९ प्रतिशत) र २०७६/७७ मा एक हजार तीन सय ९९ (नौ दशमलव ३८ प्रतिशत) मुद्दा फर्स्योट गरेको थियो।

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलका अनुसार अदालतमा पर्याप्त मात्रामा जनशक्ति हुँदा मुद्दा फर्स्योट तीव्र हुने गरेको छ। तर, न्यायाधीशहरूको सङ्ख्या कम हुने बित्तिकै मुद्दा फर्स्योटमा असर पर्छ।

‘न्यायका उपभोक्तालाई सहज बनाउन अनलाइन मुद्दा दर्ता, भर्चुअलबाट सुनुवाइजस्ता काम भइरहेको छ’, उनले भने, ‘छिटोछरितो न्याय, न्यायमा पहुँच पुर्‍याउन प्रयत्न भइरहेको छ।’

सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दा जम्मा तीन हजार दुई सय ४२ बाँकी छ। आव २०८०/८१ मा चार हजार पाँच सय ६५ (५८ दशमलव ४७) रहेको छ । थुनुवा मुद्दामा एक हजार सात सय ४८ बाँकी रहेको छ।

सर्वोच्चले मुद्दा व्यवस्थापनमा पाँच वर्ष नाघेका मुद्दाको सुनुवाइका लागि छुट्टै इजलासको व्यवस्था गर्ने, सर्वोच्चमा ५० प्रतिशत कैद भुक्तान गरेका थुनुवा मुद्दाको छुट्टै इजलासको व्यवस्था गर्ने नीतिगत व्यवस्था गरेको छ।

विकास निर्माणसँग सम्बन्धित मुद्दाको सुनुवाइका लागि छुट्टै इजलासको व्यवस्था गरिएको छ। विसं २०७८ मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट इजलास गठन गरी मुद्दाको तोकिने पद्धतिको विकास गरिएको छ।

सर्वोच्च अदालतमा स्वचालित प्रणाली (अटोमेसन) प्रणालीबाट २०८० भदौ १२ गतेदेखि पेसी तारेख सुरु गरिएको छ। उच्च अदालतमा पनि २०८० पुस ९ गतेदेखि पेसी तारेख स्वचालित प्रणालीमा प्रारम्भ गरेर मुद्दा व्यवस्थापन गरिएको छ।

जिल्ला अदालतमा २०८१ साउन १ गतेदेखि पेसी तारेख स्वचालित प्रणालीबाट सुरु गरिएको छ। उच्च अदालत र जिल्ला अदालतमा गोला प्रक्रियाबाट इजलास गठन गरी मुद्दा तोकिने पद्धतिको सुरुआत भएको छ। गत जेठ १ गतेदेखि अनलाइन रिट निवेदन दर्ता पनि प्रारम्भ गरिएको छ।

शीघ्र र गुणस्तरीय न्याय सम्पादन गर्न यसै आर्थिक वर्षमा काठमाडौँ जिल्ला अदालतमा पारिवारिक इजलास सुरु गरिएको थियो। यही साउन १ गतेदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँकेमा पारिवारिक इजलास सुरुआत भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार प्रत्येक वर्ष मुद्दा थपिँदै जाने तर आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्न राज्यबाट कुनै लगानी हुने गरेको छैन।

‘समयमा न्यायाधीश नियुक्ति हुँदैन, जनशक्तिको क्षमता अभिवृद्धिमा राज्यले लगानी गर्दैन’, उनले भने, ‘मेलमिलाप पद्धतिबाट विवाद समाधान गर्ने पद्धति प्रभावकारी छैन, बाधा अवरोधबीच पनि मुद्दा फर्स्योटमा पूर्ण रूपमा ध्यान दिएको छ।’

आव २०८०/८१ मा उच्च अदालतहरुमा ४० हजार आठ सय ९७ (६२ दशमलव ६१ प्रतिशत) मुद्दा फर्स्योट भएको छ । उच्च अदालतमा ६५ हजार तीन सय १० मुद्दा रहेकामा २४ हजार चार सय १३ मुद्दा बाँकी छ।

जिल्ला अदालतमा तीन लाख ६४ हजार पाँच सय ९४ मुद्दा रहेको छ । त्यसमध्ये दुई लाख तीन हजार आठ सय २७ ९५५ प्रतिशत ९०० फर्स्योट भएको छभने एक लाख ६० हजार सात सय ६७ मुद्दा बाँकी छ।

यही साउन १ गते न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाले न्यायपालिका सुधारका लागि स्पष्ट खाका तयार गरी छिटोछरितो न्याय र न्यायिक सुधार मुख्य रूपमा समेटिएको छ।

प्रकाशित: २०८१ साउन २१ गते सोमबार ०७:५३
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना