२०८३ कार्तिक १२ गते बुधबार

सिमलतालमा कसरी खसे दुई बस? यस्तो छ प्रत्यक्षदर्शीको बयान [पूर्णपाठ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २३
simaltal

काठमाडौँ– चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले लिएको प्रत्यक्षदर्शीको बयान सार्वजनिक भएको छ।

कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको हो।

गत असार २८ गते अविरल वर्षापछि पहिरो जाँदा चितवनको सिमलतालमा दुई बससहित यात्रु त्रिशूलीमा बेपत्ता भएको घटनाबारे अध्ययन समितिले मंगलबार सरकारलाई प्रतिवेदन बुझाएको हो।

समितिको प्रतिवेदनमा समावेश प्रत्यक्षदर्शीको बयान
१. ग-२-ख. १८२२ नं. को यात्रुबाहक बसका चालक जीवन सुनारसँग टेलिफोनमा कुरा गर्दा वहाँ भन्नुहुन्छः
“म सिन्धुलीबाट बर्दीबास हुँदै पोखरासम्मको लागि ग-२-ख. १८२२ नं. को यात्रुवाहक वस लिएर आँउदै थिए। राती २ बजेतिर नारायणघाट आईपुगें। त्यो समयमा भारी वर्षा भैरहेको थियो तैपनि सरासर अगाडि बढ्दै नारायणघाट मुग्लिन सडकको सिमलताल भन्ने ठाँउमा पुगें।

त्यहाँ पुग्दा माथिबाट गेग्रान सहितको लेदो झरिरहेको थियो। सडकमा पनि लेदो जम्मा भईसकेको थियो। सोही समयमा दुईवटा बसहरु क्रस हुन खोज्दै थिए। मैले बस ब्याक गरें, गाडीमा ओट राख्न लगाएँ र रोकेर बसें। गेग्रान र लेदो झन थपिदै गएको थियो। म झस्कें। बसहरु क्रस हुने कोशिस गर्दै थिए। सडकको लेदोले गर्दा बसलाई डिस्टर्भ भएको थियो। दुईवटा बसहरू बीचको ग्याप निकै कम थियो। बसहरु एकआपसमा टाँसिंदै गएको जस्तो देखिन्थ्यो।

त्यत्तिकैमा मुग्लिनबाट नारायणघाटतर्फ जाँदै गरेको बस खस्यो, खस्दा पहिला बसको अगाडिको भाग (शो) खस्यो त्यसको लगत्तै नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बस पनि खस्यो, खस्दा त्यो बसको पहिला व्याक साइड खस्यो, खस्दासाथ पोखरीमा ढुङ्गा फ्याँक्दा आउने जस्तो आवाज आयो तर नदीमा केही देखिएन।

मैले तुरुन्तै गाडीको स्टार्ट बन्द गरी तल झरें र एकजना यात्रुलाई तानेर सडकमा ल्याएँ। लगत्तै १०० नं मा फोन गरी खबर गरें। उनले थप्दै भने डोजरले सडक सफा गर्दा सडकको माथितिर थुप्रिएको लेदो सबै सफा भएको रहेनछ। ठूलो पानी परेपछि  लेदो समेत सडकमा थपियो र सडक अवरोध भएको हो।

२. त्रिशुली नदीको दाँया (आँबुखैरेनी गाँउपालिका वडा नं ५ तनहुँ) तर्फको गाउँका बासिन्दा जंगबहादुर मगरसँग दुर्घटनास्थलमै भेटी कुराकानी गर्दा वहाँले भन्नुभयोः
त्यो राति निकै ठूलो वर्षा भएको थियो। गाँउको दुईतिर ठूला खोल्सा छन् पानीले डर पनि लाग्यो। तल त्रिशुली नदी छ। नदीको पारीपट्टी सिमलताल भन्ने ठाँउमा सडक माथिको सिन्दुरे खोल्सीवाट गेग्रान आइरहने हुँदा अघिल्लो दिनदेखि नै डोजरले काम गरिरहेको थियो। ठूलो पानी परेकोले डर लागेर राम्ररी सुत्न सकिएको थिएन। निद्रा पनि लागेन। बिजुली पनि थिएन। परिवारका सदस्यहरु उठेर गफ गर्दै बसेका थियौं।

राती करिब साढे दुई वा तीन बजिसकेको हुँदो हो, त्यस ठाउँमा बत्ती बल्दै कुनै वस्तु तल नदीमा खस्यो र छप्ल्याङ्ग आवाज आयो। हामीले ठान्यौँ राति डोजर त्यहीं रहेछ पहिरोले तल खसाल्यो। पछि पो थाहा भयो यति ठूलो दुर्घटना घटेको रहेछ”।

३. दुर्घटनाका घाइते चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचाररत नन्दन दाससँग भेट हुँदा वहाँले भन्नुभयोः
“मेरो घर रौतहट जिल्ला देवाही गोनाही न.पा. वडा नं. १ हो। दुर्घटना हुनुभन्दा लगभग एक घण्टा जति अगाडि खाना खानका लागि बस रोकिएको थियो। रोकिएको स्थान मलाई याद छैन। खाना पश्चात् टि.भी. हेर्दै बसेको थिएँ। रातको समय भएकोले बेला बेला निद्रा पनि लाग्थ्यो। व्युझिंदा टिभीमा ध्यान जान्थ्यो। त्यो बेला आकाशबाट ठूलो पानी परिरहेको थियो सिमलतालको बाटोमा।

गाडी मजाले हिंडिरहेको थियो माथिबाट एक्कासी पहाड खस्यो कि के भयो एक्सिडेण्ट त भएन मेरो गाडी हिंड्ने बेलामा एकैचोटी पल्टी खायो। अनि गाडी पानीमुनी गयो। म पाँच सात मिनट पानीमा डुवेको अनि पानीले उचालेको। मलाई राम्रोसँग पौडी खेल्न नआएतापनि अलिअलि आउँथ्यो जसोतसो पौडिएर किनारमा पुगें अनि भिरबाट घिस्रंदै घिस्रंदै माथि सडकमा पुगेपछि सुरक्षाकर्मीले उपचारका लागि अस्पताल ल्याउनुभयो। “

४. उपचार पश्चात घर फर्केका रौतहट जिल्ला बौधिमाई नगरपालिका वडा नं. ३ बस्ने पर्शुराम साहको छोरा वर्ष ३६ को सरोज साह बनियासँग भएको टेलिफोन संवाद
“गणपति डिलक्स बसको B तर्फको सिट नं. १.२.३.४ र ५ रहेको, सो बसमा पहिलो सिटमा आमा बुवा, दोस्रोमा म अनि दिदी र तेस्रो सिटमा भिनाजु बसेका थियौं। काठमाण्डौको बाबा पेट्रोल पम्पबाट बेलुका ८ बजेको समयमा म र मेरो आमा, बुबा, दिदी र भिजानु सो बसमा चढेको, पानी पर्ला जस्तो मौसम थियो।

सो राति अंदाजी १०/११ बजेको समयमा गल्छीमा आई हामीले खाना खाएका थियौं। खाना खाएपछि बस खुलेको करिब एक दुई घण्टापछि मुग्लिन कटेपछि पानी पर्न थालेको थियो। त्यसपछि बस रोकी बसको सिसाहरु बन्द गरी बसको बत्ती समेत निभाएको थियो। बस हिंडेको केही समयपछि बस खसेको स्थानमा पुगेपछि ढुंगाबाट ठोकेको जस्तो आवाज आयो र आवाज आएको केही समयमा नै हामी बसेको बस त्रिशुली नदीमा खस्यो।

बसको सिसा फुटेको देखि म सो बसबाट सोही सिसाबाट बाहिर निस्की आफ्नो आमा, बुबालाई खोज्दा मेरो आमा, बुबा, दिदी भिनाजु तथा बस समेत नभेटेपछि म जसोतसो पौडी खेल्दै पानीबाट बाहिर निस्केको। सो बस के-कसरी त्रिशुली नदिमा खसेको हो मलाई केही पनि थाहा भएन। हामी बसेको बस कुनै पनि बसबाट ठोकेको जस्तो थिएन। मेरो स्वास्थ्य अवस्था ठिक छ”।

५. दुर्घटनामा घाईते भई भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार गरी डिस्चार्ज भएका रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ९ सिसवा धमौरा बस्ने टेन्ही राय यादवको छोरा बर्ष ४५ को जुगेश्वर राय यादवसँगको टेलिफोन सम्वादः

“बसको सिट नं B को ७ र ८ (छोरा-छोरी सहित ५ जना बसेको) अगाडि बिपरित दिशाबाट बस आएको देखेको हुँ, सो बस र म बसेको बसको बीचमा १०-१५ फिटको दुरी थियो। अर्को बसमा ठोकिएको थिएन। म मेरो छोरा छोरीसहित ५ जनाको परिवार बसमा चढेका थियौं। म खाना खाएको ठाउँबाट करिब १५-२० मिनटको दुरीमा जाम लागेको। करिव १५-२० मिनेटपछि जाम खुल्यो, ठुलो पानी परिरहेको थियो। बस पल्टेको ठाउँमा पुगेपछि विपरित दिशातर्फ बिरगञ्जबाट आउँदै गरेको बस र हामी बसेको वस आमने सामने थियो।

एक्कासी हामी वसेको बस हल्लिन थाल्यो, हामी वसेको बसको ड्राईभरले अगाडि बढाउन खोज्दा बस एक्कासी त्रिशुली नदीमा खसेको थियो। हामी बसेको बसको ड्राईभरले ब्रेक हानेको भए, यात्रुहरु बच्न सक्थे होला। हामी बसेको बस ड्राईभरले अगाडिबाट आएको अर्को बसलाई कटाई अगाडि बढाउने क्रममा उक्त बस नदीमा खसेको हो। त्यसपछि हामी बसेको बस माथिबाट तल पल्टिदै नदीमा खस्ने क्रममा म आफ्नो छोरा छोरीलाई समाउँदा कोही भेटिनँ।

पूर्णपाठ 

प्रकाशित: २०८१ साउन २३ गते बुधबार १२:४७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना