काठमाडौं– युएईका मोहम्मद वासिम आउट भएका छन्। कीर्तिपुरमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा उनलाई नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आउट गराएका हुन्।
४८ बलमै ६३ रन बनाएका वासिमलाई सन्दीपले १७ औं ओभरको दोस्रो बलमा एलबीडब्ल्यु आउट गराएका हुन्। यसअघि नेपालका लागि स्पिनर ललित नारायण राजवंशीले विकेट लिएका थिए। वासिमले छ छक्का र दुई चौका प्रहार गरेका छन्। वासिम आउट भएपछि सिपी रिजवन मैदानमा प्रवेश गरेका छन्।
