२०८३ कार्तिक ११ गते मङ्गलबार

महावीर र रुद्रबीच ट्विटरमा जुहारी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २१
rudra pandey vs mahabir

काठमाडौँ– डियरहोल्ड लिमिटेड र डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक रुद्र पाण्डे र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएका छन। सामाजिक रूपमा व्यक्तिगत विषयमा प्रवेश गरी पाण्डेले पुनलाई ‘चप्पल पड्काएर हिँड्दैमा आविष्कार नहुने र जरो नभई रुख नहुर्किने’ भनेपछि पुनले जवाफ फर्काएका थिए। यसपछि उनीहरूको विवाद सतहमा आएको हो।

‘नेपाल सरकारको ‘गोब्रे’ पारा। माइतीघरमा २/४ जना ऊभिए भने २/४ बुँदे सम्झौता गरी हाल्यो। कार्यान्वयन चै कहिले हुने होइन। नेपालमा आविष्कारको बीजारोपण गर्न विश्वविद्यालय सुधार गर्नुपर्छ,’ ट्विटरमा पाण्डेले ट्विट गरेका छन्, ‘विकास बजेटको एक प्रतिशत कहाँ लगाएर आविष्कार गर्ने?’

पाण्डेका अनुसर अहिले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा पार्टीका झोलेले मात्र जागिर पाएका छन्। उनले विश्वविद्यालयमले गरेको आविष्कार बजारमा ल्याउने काम निजी उद्योगको भएको बताउँदै नेपालमा निजी व्यवसाय फस्टाउने वातावरण नभएको दाबीसमेत गरेका छन्।

‘पुनले चप्पल पड्काएर हिँड्दैमा आविष्कार हुन्न। जरो नभई रुख हुर्किन्न,’ पाण्डेले पुनको जीवनशैलीमाथि टिप्पणी गरेका छन्।

डियरवाक संस्थाका सञ्चालक पाण्डेलाई पुनले सरकारको भँडास आफूमा निकालेको भन्दै जवाफ फर्काएका छन्। पुनले पाण्डेलाई जवाफ दिँदै लेखेका छन्, ‘रुद्र भाईले नेपाल सरकारलाई व्यवसाय विस्तारको लागि धेरै कुराको माग राख्य होला र सरकारले सुनिदिएन होला। मैले जनतासँग आन्दोलन गरेर राखेको माग सरकारले पूरा गरे पछि रुद्र भाइले नेपाल सरकारसँगको रिस मलाई पोख्यो। त्यति धेरै योगा गर्ने मान्छेलाई लोभ र डाहा नलाग्नु पर्ने हो।’

केही वर्षअघि रुद्रले महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्नको लागि विश्वभरबाट सहयोग माग गरेका थिए। तर त्यसमा उठेको पैसाबाट केही मात्रामा मात्रै पुनले पाएका छन्। पाण्डेको संस्था डियरवाकले पुनका लागि भनेर २२ हजार अमेरिकी डलर बताइएको छ। तर उक्त रकम पुनले पाएका छैनन्। यसबारे पुनले अगाडि लेखेका छन्, ‘लौ त त्यो राष्ट्रिय आविष्कार केन्द्रको २२ जहार डलर तुरुन्त दिनु त। नत्र ….।’ पाण्डेका अनुसार त्यो पैसा अहिले समाज कल्याण परिषदको अनुमतिको पर्खाइमा छ।

‘महावीरको आविष्कार केन्द्रका लागि उठाएको पैसा तीन वर्ष अगाडि नै नेपाल पठाइएको थियो। पैसा आइसकेको छ। ट्रान्सफर गर्नु अगाडि पैसा केमा खर्च गर्ने भनेर पुनसँग प्रोजेक्ट डकुमेन्ट मागियो। पुनले नेपालको डियरवाक फाउन्डेसनको स्टाफलाई प्रोजेक्ट डकुमेन्ट दिन्न भनेर थर्काए। यूएस च्यारिटीबाट उठेको पैसा बिना डकुमेन्ट दिन मिलेन,’ पाण्डेले पुनलाई भनेका छन्, ‘अन्ततः तीन वर्षपछि पुनले कागज दिए। उनको कागज प्राप्त भएपछि नेपाल समाज कल्याण परिषदको अनुमतिको पर्खाइमा छ डियरवक फाउन्डेसन। महावीरको तुजुकको कारणले ढिलाइ भएको। कागजपत्र नपुर्‍याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिड्ने बानी पुनले छोडुन्।’

पैसा नै गोजीमा हालेर हिड्ने आरोपको खण्डन पुनले गरेका छन्। सो आरोप प्रमाणित नभए मानहानीको मुद्दा दायर गर्ने चेतावनीसमेत उनले दिएका छन्।

‘कागज पत्र नपुर्‍याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी पुनले छोडुन्’ भन्ने वाक्यांशलाई उल्लेख गर्दै पुन लेख्छन्, ‘माथि तिमीले भनेको यो कुरा प्रमाणित गर्न सकेनौ भने म तिमीलाई मानहानीको मुद्दा दिन सक्छु। यो धेरै धेरै ठूलो आरोप हो। तिमी लोभी छौ भन्ने कुरा मलाई थाहा छ। तर तिमी पापी पनि रहेछौ। स्क्रिनसट राखेंँ।’

पुनले पाण्डेलाई एक उद्यमी र रोजगारी सिर्जना गरेको मानिस भएको कारण आफू हालसम्म चुप बसेको पनि बताएका छन्। पुनले अगाडि थपेका छन्, ‘पैसा आउला नि त भनेर बसेको हो। तिमी जस्तो म हुन सकिनँ, म जस्तो तिमी पनि हुन सक्दैनौ। तिमी धनी भयौ भनेर मलाई साह्रै हेपेर अनि मैले मरीमेटेर गरेको कामको खिल्ली गरेपछि रिस उठ्छ।’

यी दुईको सवालजवाफ यतिमै सीमित रहँदैन। पुनले महामारीको समयमा गर्ने कामको लागि रकम मागेको पनि बनाएका छन्। उनले लेखेका छन्, ‘कोरोनाको महामारीको समय थियो। हामीले कोरोनाको लागी सामानहरु बनाउन जे जे कुरामा खर्च गर्नु पर्छ त्यसैमा सो पैसा खर्च गरिन्छ भनेको हो। डकुमेन्ट दिन्न भने कै छैन। डकुमेन्ट भनेको राष्ट्रिय आविष्कार केन्द्रको दर्ता, कर चुक्ता र प्यान नम्बर हो। त्यो नदिने कुरा थिएन। धेरै हेपेर नबोलम् त।’

पुनको जवाफ पाएपछि पाण्डेले अर्को कुरा पनि उठाएका छन्। उनले आफ्नो एक साथीले इन्टरनेट विस्तार गर्न दिएको रकम लिएर पुनले काम नगरेको आरोप लगाएका छन्। ‘महावीरकै कुरा — उनले मेरो अमेरिकन साथीसँग धादिङको एउटा स्कूलमा इन्टरनेट पूर्याउन २० हजार डलर लिए। काम गरेनन्,’ पाण्डेको आरोप छ, ‘अन्तमा मेरो साथीले अर्को कम्पनीलाई लगाएर काम गराए। मेरो साथीले कति सम्पर्क गर्न खोजे तर पुनले वास्तै गरेनन्।’

‘ए रुद्र भाई, तिमी आऊ र सँगै धादिङका ती गाउँहरुमा जाऔँ र त्यहाको गाउँलेहरुसँग कुरा गरौँ। यही नजिकैको धादिङ जिल्ला हो। त्यहाँ हामीले हालेको इन्टरनेटको टावर पनि हेरौँ। महावीरले इन्टरनेट हालिदिएको हो कि होइन भन्ने कुरा थाहा हुन्छ,’ महावीर अलि आक्रोशित सुनिन्छन्, ‘धेरै फटाहा र पापी कुरा नगर। रुद्र भाई, कुनकुन ठाउँमा इन्टरनेट जोडेको हो भनेर हेर्न यो तलको फोटो हेरे हुन्छ। धादिंग नौबिसे बाट त्रिभुवन राजपथको बाटो लागेर सात घुम्ती काटेर अझै माथि गयो भने त्यो ठाउँहरु आउँछ। २० हजार डलरले सबै काम गरेको हो र एक वर्षपछि समुदायलाई हस्तान्तरण गरेको हो।’

नागढुंगाबाट धादिङ दामेचौरको जुरेथुम डाँडामा टावर बनाएर आदर्श मावि, लिती महाकाली मावि, महाकाली मावि, वागेश्वरी मावि र प्रेम सागर फाउन्डेसन भान्साघरमा इन्टरनेट जडान, तालिम दिएको पुनले बताएका छन्।

प्रकाशित: २०८० बैशाख २१ गते बिहिबार ०२:३०
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना