२०८३ कार्तिक १२ गते बुधबार

पाँच महिनामै तेस्रोपल्ट विश्वासको मत लिनुपर्ने अवस्थामा पुगे प्रधानमन्त्री प्रचण्ड

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २३
rabi prachanda
रवि लामिछाने र प्रधानमन्त्री पुष्पमकमल दाहाल 'प्रचण्ड'।

काठमाडौं– ९ पुसको सात दलीय गठबन्धनको तेस्रो मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई हिजो शुक्रबारसम्म समर्थन गरिरह्यो। यसबीचमा २६ माघमा प्रधानमन्त्री प्रचण्डले पहिलोपल्ट सदनबाट विश्वासको मत लिएका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्ड १२ फागुनमा कांग्रेस नेतृत्वको सत्ता क्याम्पमा हाम फाल्न आए।

१५ फागुनमा राप्रपा र एमालेबाट मन्त्री भएकाहरुले राजीनामा दिए। एमाले र राप्रपा मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले टेको दियो भने सदनबाट पुनः विश्वासका मत पाए। पछिल्लो समय दस दलीय गठबन्धन बनेर प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समेत सहभागी गराएर सरकार चलाइरहेका छन्।

सत्ता गठबन्धनले बेवास्ता गरेको, मागेका मन्त्रालय नदिएको आदि कारण देखाउँदै रवि लामिछाने नेतृत्वको रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्नेछ। यद्यपि रास्वपाले सरकारलाई समर्थन नदिए पनि प्रधानमन्त्री प्रचण्डको कुर्सी डगमगाउने भने छैन।

प्रचण्डले यसअघि नै दोहो¥याएर विश्वासको मत लिएकामा रास्वपाले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले अब फेरि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने देखिएको हो।

शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यद्यपि १० वैशाखको उपनिर्वाचनपछि रविलाई गठबन्धनमै टिकाइराख्न प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले सक्दो प्रयत्न गरिरहेका थिए। रविले माग गरेका पुराना पूर्ववत् मन्त्रालय नदिएपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बुझ्न कठिन छैन।

‘सम्मानजनक हिसाब गरिएन, सरकारमा आउन प्रधानमन्त्रीले आह्वान गर्नुभयो तर व्यवहारिक रुपमा मन्त्रिपरिषद् विस्तार गरिहाल्नुभयो,’ रास्वपा प्रवक्ता मुकुल ढकालले भने, ‘नीति तथा कार्यक्रम पनि बनिसकेको जानकारी पाएपछि हामीले प्रतिपक्ष बस्ने निर्णय गर्‍यौं।’ गत बुधबार प्रधानमन्त्री प्रचण्डले गरेको मन्त्रिपरिषद् विस्तारको कारण पनि सरकारमा जाने बाटो बन्द भएको बैठकमा छलफल भएको थियो। तर बैठकमा सांसद शिशिर खनालले सरकारमा सहभागी हुनुपर्ने बताएका थिए।

‘अहिले जनतालाई डेलिभरी दिने हो भने सरकारमा जानुपर्छ,’ खनालले बैठकमा भनेका थिए। बैठकले नक्कली शरणार्थी बनाएर पैसा खाने उपल्लो तहका नेतालाई पक्राउ गर्ने सरकारको निर्णयको स्वागत गर्दै दोषीलाई पहुँचका आधारमा नछाड्न सुझाएको छ।

प्रकाशित: २०८० बैशाख २३ गते शनिवार ०६:४३
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना