२०८३ कार्तिक २५ गते मङ्गलबार

मान्छेलाई खुवाउने औषधि खुवाएर हात्ती क्षयरोग मुक्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
NEPAL-SPORTS-ELEPHANT-POLO

काठमाडौँ- हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी)को उपचार प्रभावकारी देखिएको छ। चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो।

उपचार थालिएको चार वर्षयता हात्तीमा टिबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन्। यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधी र उपचार प्रभावकारी देखिएको हो। चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताए।

“विगतमा क्षयरोगले हात्तीहरू भटाभट मर्न थालेपछि चिन्ता थियो, अहिले कुनै पनि हात्तीमा क्षयरोगका लक्षण देखिएको छैन,” उनले भने। चितवनमा अहिलेसम्म ६७ वटा हात्तीलाई टिबीको औषधी खुवाएर निको पारिएको पनि उनले बताए।

२०६७ सालमा टिबी भएरै औषधी खुवाइएको बहादुर गज अहिले सौराहामा नियमित निकुञ्ज सुरक्षाका लागि गस्तीमा परिचालित छ।

यस्तै मेनका कली अहिले पर्सा राष्ट्रिय निकुञ्जको गडुवालाइन पोस्टमा छ। उसलाई पनि २०६८ मा टिबीकै उपचार गरिएको हो। टिबीको उपचार गरिएकामध्ये अहिलेसम्म दुई हात्तीको मृत्यु भएको छ तर दुवैको पोस्टमार्टममा क्षयरोगको कुनै पनि लक्षण देखिएन। “पछिल्लो पटक निकुञ्जमा मरेको भोलाप्रसाद टिबीकै उपचार गरेको हात्ती हो। उपचारको लामो समयपछि मरेको यो हात्तीको पोस्टमार्टम गर्दा कुनै पनि क्षयरोगको लक्षण देखिएन,” हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरन चौधरीले भने।

हात्तीलाई एक वर्षसम्म नियमित औषधी खुवाइएपछि मात्रै क्षयरोगबाट मुक्त हुने गरेका छन्। डा. श्रेष्ठका अनुसार क्षयरोग सङ्क्रमित हात्तीलाई एथेमब्युटोल, रिफ्यामपिसिन र आइसोनाइजिट औषधी खुवाइएको हो। यी औषधी मानिसका लागि पनि प्रयोग गरिन्छन्।

“यो औषधी मानिसभन्दा हात्तीलाई चालिस गुणा बढी दिनु पर्छ,” उनले भने। नेपाल प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौलाले भने, “हात्तीको तौल हेरेर मान्छेलाई भन्दा चालिस गुणाभन्दा बढी औषधी खुवाएपछि मात्रै हात्तीलाई टिबी निको गराउन सकिएको हो,” उनले भने। हात्तीको तौल चार हजार किलोग्रामसम्म हुने भएकाले एउटा हात्तीलाई १५० देखि २०० मात्रासम्म औषधी दिनुपरेको स्मरण उनले गरे।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष आइयुसिएनले खतराको सूचीमा राखेको वन्यजन्तु एसियाली हात्ती नेपालसहित छिमेकी केही देशमा मात्रै पाइन्छ। सन् २०२० सम्म चितवनमा कम्तीमा १५ वटा हात्ती क्षयरोगका कारण मरेका थिए। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका प्रमुख मनिपुरन चौधरीका अनुसार त्यसरी मर्न थालेपछि लक्षणका आधारमा हात्तीमा टिबी परीक्षण गरिएको थियो।

“राजा महेन्द्र हुन् वा वीरेन्द्र चितवन सफारी हुँदा दुवैले जङ्गल सफारीका लागि रोज्ने हात्ती पशुपति कली थियो। त्यही नै टिबीका कारण पहिलो पटक २०६५ सालमा मरेको थियो,” उनले भने।

टिबीका जीवाणुले फोक्सो हुँदै मस्तिष्क र करङमा समेत असर गर्ने चिकित्सक बताउँछन्। समयमा उपचार नपाए ज्यानसमेत लिन्छ। यो रोग लागेका मानिसमा जस्तै हात्तीमा पनि लामो समय खोकी लागि रहने, राति हल्का ज्वरो आउने, अत्यधिक थकाइ लाग्ने, राति पसिना आउने, जाडो धेरै हुने, धेरै भोक लाग्ने आदि लक्षण देखिन्छ। टिबीको माइक्रो ब्याक्टिरियम ट्युबरक्लोसिस जीवाणु खोक्दा वा हाच्छुँ गर्दा हावाबाट दोस्रोमा सर्छ। नेपाल प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौला हात्तीका लागि क्षयरोगको परीक्षण गारो विषय भएको बताउछन्। हात्तीको छाला बाक्लो हुने भएकाले फोक्सोको एक्सरे गर्न नसकिए पनि र्‍यालको परीक्षणबाट टिबी पहिचान गरिने उनले बताए।

“सामान्य परीक्षण त चितवनमै गरिन्छ तर कल्चर नै गर्नुपर्दा हामी काठमाडौँमा मानिसकै टिबी परीक्षण गर्ने ल्याबमा पठाउँछौँ,” उनले भने। हात्तीको सुँढको टुप्पादेखि छाती अर्थात् फोक्सोसम्मको भाग लामो हुने भएकाले पनि एक्सरे गर्न गारो हुने बताइन्छ।

हात्तीलाई औषधी खुवाउन पनि सजिलो छैन। जानकारहरूका अनुसार भेली, कुचीलगायतका खाद्यान्नमा मिसाएर मुखबाट खुवाउने, नसके पानीमा घोलेर मलद्वारबाट पाइप लगाएर पठाइने जानकारी दिन्छन्। मुखबाट खाए जस्तो प्रभावकारी मलद्वारबाट दिएको नहुने चिकित्सकहरू बताउँछन्।

नेपालमा निकुञ्ज तथा संरक्षित क्षेत्रसँग १०७ र निजी क्षेत्रसँग ५० वटा हात्ती छन्। जसमध्ये चितवनमा निकुञ्जमा ५५ वटा र निजी क्षेत्रसँग ४० वटा हात्ती छन्। यसका अलवा नेपालमा झन्डै दुई सय जङ्गली हात्ती रहेकामा चितवनमा ५५ देखि ६० रहेको निकुञ्जले जनाएको छ। यसैबिच साउन २८ गते अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइँदै छ।

प्रकाशित: २०८१ साउन २८ गते सोमबार ०७:४२
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना