काठमाडौँ- एएफसी च्यालेन्ज कपको प्लेअफमा मंगलबार काठमाडौँको दशरथ रंगशालामा नेपालको चर्च ब्वाइज क्लब र भुटानको पारोबीच प्रतिस्पर्धा भइरहेको छ।
हिलोका कारण खेलाडीलाई सास्ती भइरहेको देख्न सकिन्छ। करिब ७ वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको उक्त मैदान हिलाम्य देखिएको छ।
मंगलबार दिनभर पानी परेका कारण मैदान हिलाम्य छ। खेलाडी हिलाम्य छन्। बल हिलाम्य छ।
जारी खेल हाफ टाइममा पुग्दा दुवै टिमले १-१ अंक गोल गरेका छन्।


